जिल्ला हक्की संघ कास्कीको प्रथम साधारण सभा पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले हक्की खेलका चुनौतीबारे छलफल आवश्यक रहेको बताउँदै मैदान तथा व्यवस्थापनका क्षेत्रमा समितिबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभाध्यक्ष सुसन पुनले संघका गतिविधि र अनुभव प्रस्तुत गर्दै विद्यालयस्तरमा तालिम सञ्चालन गर्ने, खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने, वृक्षरोपण र विभिन्न प्रशिक्षण कार्यक्रम गर्ने योजना सार्वजनिक गरे ।
कार्यक्रममा प्रदेश हक्की संघका अध्यक्ष दीपक बहादुर थापा, केन्द्रीय सदस्यहरू मिलन केसी र हितकुमार गुरुङ, माछापुच्छ्रे बैंकका शाखा प्रबन्धक आलोक श्रेष्ठ, ज्यातीकुञ्ज स्कुलका प्रधानाध्यापक पुरन कुवंर लगायतको उपस्थिति थियो ।