स्याङजा,आँधिखोला गाउँपालिका स्याङ्जाको प्रशासकीय भवनको औपचारिक उद्घाटन हुने भएको छ । २०७६ साल जेठ १० गते ५ करोड ६४ लाख रकममा भवन निर्माण सम्झौता भएको थियो । २०७६ असोज १४ गते दिन तत्कालीन प्रदेश सांसद मीन प्रसाद गुरूङले भवन शिलान्यास गरेका थिए ।
२०७८ साल चैत ४ गते निर्माण सम्पन्न भएको भवनको यही जेठ २६ गते शुक्रबार औपचारिक उद्घाटन हुँदैछ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको आँधिखोला खेलकुद महासंघ स्याङ्जाअध्यक्ष ईश्वर केसीले जानकारी दिए ।

२०७९ साल साउन १८ गते जनप्रतिनिधि, स्थानीय समुदाय लगायतको उपस्थितिमा नयाँ भवन प्रवेश गरि नियमित सेवा प्रारम्भ भएको थियो ।
नव निर्मित भवनको हालसम्म समुद्घाटन नभएकाले जेठ २६ गते बिहान १० बजे आँधिखोला गाउँपालिका कृषि प्राङ्गणमा औपचारिक कार्यक्रमसहित भवनको उद्घाटन हुनेछ ।