पोखरा – जेसीआई पोखरा लेडीद्वारा पोखरा-२६ स्थित नेत्रहिन संघ कास्कीमा दृष्टिबिहिनलाई सेतो छडी तथा आर्थिक सहयोग प्रदान गरेको छ।
कार्यक्रम जेसीआई पोखरा लेडी वर्ष २०२५ की अध्यक्ष जेसी अनिता थापा खड्काको सभाध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२५ का क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय उपाध्यक्ष अभिषेक दुलालले नेत्रहीन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटालाई सेतो छडी तथा ब्रेल कापीका लागि रु ६,५००/- (छ हजार पाँच सय) अक्षेरुपी सहयोग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी नन्द कुमारी ढुङ्गानाले आस्था पाठ वाचन गर्नुभयो भने कार्यक्रम संयोजक जेसी ममता गर्बुजाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।
सन् २००७ मा जेसीआई पोखरा लेडीको अध्यक्ष रहेकी श्रीमति मीनु कुँवर श्रेष्ठले कार्यक्रममा सहभागी हुन पाउँदा आफू खुशी लागेको बताउनुभयो। सभाध्यक्ष जेसी अनिता थापा खड्काले सम्पूर्ण सहयोगी मनहरुलाई विशेष धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो। कार्यक्रम सञ्चालन सचिव जेसी करुणा पाण्डे (रिता)ले गर्नुभएको थियो।