Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

जेसीज सप्ताह २०२३ को,आज पाँचाै दिन रक्तदान गरि सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा
पोखरा जेसीजबाट सम्पन्न हुनगईरहेको जैसीज सप्ताह २०२३ कार्यक्रम मिति २०८० वैशाख १८ देखि २४ गतेसम्म गरी ७ दिनको हुनेछ । जस अनुसार निम्न कार्यक्रमहरु तय गरी सम्पन्न हुने क्रममा रहेका छन् ।


जेसीज सप्ताह- २०२३ मा संचालन गरिने कार्यक्रमहरुमा  प्रथम दिनको कार्यक्रम जेसीज सप्ताह समुद्घाटन तथा संसदिय अभ्यास तालिम,द्रोस्रो दिनको कार्यक्रम १० जोड २ का विद्यार्थीहरुका लागि वृत्ति विकास योजना परामर्श,तेस्रो दिनको कार्यक्रम उद्यमी तथा व्यावसायीका वर्तमान अवस्था, चुनौती र अवसर विषयक गोष्ठी कार्यक्रम,चौथो दिनको कार्यक्रममा खेलकुद तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम
सम्पन्न भइसकेको छ भने,
पाँचौ दिनको कार्यक्रममा बृहत रक्तदान कार्यक्रम पोखरा जेसीसको कार्यालय पुरानोधारामा सम्पन्न भएको हाे ।पोको मार्ट, नवील बैङक र नेफोटको सहयोगमा सञ्चालीत जेसीस सप्ताहको पाचौ दिन आज रक्तदान कार्यक्रम सञ्चालन गरी सम्मपन्न भएको छ ।


कार्यक्रममा  प्रमुख अथिती एवम् वडा न ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यबाट पहिलो ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरीयको थियो । त्यसैगरी पोखरा जेसीस वर्ष २०२३ का  निवर्तमान अध्यक्षले रक्तदान गरी कार्यक्रमको थालनी गरियको थियो ।


प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नंः११का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले आफुले रक्त दान गर्न पाएको भन्दै जेसीसलाई धन्यवाद दिनुभएको थियो । जेसीसले हरेक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गरेको हुदा यस्ता कार्यमा निरन्तरता दिन सुझाव दिनु भएको थियो। साथै आफ्नो तर्फबाट गन सक्ने साथ र सहयोग गर्ने प्रतीबद्धता व्यक्त गर्नुभएको थियो ।


कार्यक्रमका विशेष अतिथी एवम् पोखरा महानगरपालिका वडा नंः९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले जेसिसकै कारणले गर्दा पोखरामा रक्तदान गर्ने प्रचलन आएको बताउँदै रक्तदान भन्ने वित्तीकै जेसीसको याद आउने वातावरण यो संस्थाले सृजना गरेको बताउनुभयो।


कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीको उपस्थीती थियो भने ४५ जनाले रक्तदान गर्नु भएको थियो र ४५ पिन्ट रगत सङ्कलन गरियको थियो ।


कार्यक्रमका सभा अध्यक्ष जेसी गणेश गिरीले हरेक वर्ष सञ्चालन गरिने जेसीस सप्ताह यो वर्ष पनि सञ्चालन गरेका छौ। जेसीस सप्ताह हुने धेरै कार्यक्रम मध्यको एक रक्तदान पनि हो रक्तदान गर्ने मौका हाम्रो जेसीस पोखराले दिएकाे भन्दै कार्यक्रम सोचे भन्दा पनी धेरै सव्य र भव्य तरिकाले सम्पन्न भएको बताउनुभयो।


कार्यक्रमको सञ्चालन जेसीस पोखराका महासचिव जेसी कमल राज पराजुलीले गर्नुभएको हाे ‌।


छैटौं दिनको कार्यक्रममा निशुल्क स्वास्थ्य तथा दन्त शिविर साथै साताै दिनको कार्यक्रममा गण्डकी युवा बक्ता तथा समापन कार्यक्रम युवा विद्यार्थीहरुकोमा रहेको वाककला प्रस्फुटन गराउने कार्यक्रम बाँकी छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist