Sunday, September 7, 2025

आजको मिति: २०८२ भाद्र २२ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
पोखरामा ओमोडा एण्ड जेकुको नयाँ सोरुम
नयाँबजारमा पुरुष भलिवल प्रतियोगिता सुरु
Next
Prev

जैमिनि–६ मा नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन

Share on facebook
Share on twitter
Share on linkedin

जैमिनि नगरपालिका–६ मा नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन भएको छ। नवगठित समितिको अध्यक्षमा दिपेन्द्र नायक चयन भएका छन्।


उपाध्यक्षमा अर्जुन थापा र अजय क्षेत्री, सचिवमा तिलक थापा चयन भएका छन् भने सदस्यमा नेत्र केसी, दिवना थापा, फुलमाया नेपाली र एक बहादुर थापा रहेका छन्।


त्यस्तै, जिल्ला प्रतिनिधिमा सैलेश पुन, सदिक्षा थापा र राजेश नायक निर्वाचित भएका छन्। पालिका प्रतिनिधिमा तिला नायक, नारायण नायक, विषम थापा, विकास थापा, सरिता पुन, अशोक नेपाली, तारा नेपाली र जित बहादुर खडका चयन भएका छन्।


कार्यक्रमका प्रमुख अतिथि महासमिति सदस्य तथा तरुण दलका सहसचिव सितराम रसाइलीले “पार्टीको मेरुदण्ड भनेकै तरुण दल हो, यसलाई सक्रिय बनाउँदै युवालाई लक्षित कार्यक्रम र स्वरोजगारको अभियान ल्याउन तरुणहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन्” भन्दै शुभकामना व्यक्त गरे।


वडाध्यक्ष राम बहादुर रेग्मीले पार्टीलाई मजबुत बनाउन तरुण दललाई अझ सशक्त र एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए। त्यस्तै, क्षेत्रीय सभापति दल बहादुर श्रीसले पनि शुभकामना मन्तव्य राखे।


कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य सुजन सापकोटा, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist