Tuesday, July 15, 2025

आजको मिति: २०८२ असार ३१ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

डेभिजफल सहकारीको चौधौं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न, ३१ युनिट रगत संकलन

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, असार २९। डेभिजफल बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–१७ ले आफ्नो तेह्रौं वार्षिकोत्सव पूरा गरी चौधौं बर्षमा प्रवेश गरेको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। संस्थाका उपाध्यक्ष राजेन्द्र थापाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा ३१ युनिट रगत संकलन गरिएको छ।


कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिकाकुमारी शाहीले संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीलाई बल्ड ब्याग हस्तान्तरण गर्दै गर्नु भयो। उद्घाटन मन्तव्यमा अध्यक्ष शाहीले डेभिजफल सहकारीले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र यस क्षेत्रकै एक उदाहरणीय सहकारीको रुपमा स्थापित भएको बताउनु भयो।


विशेष अतिथि पोखरा वडा नं. २१ का अध्यक्ष दीपकप्रसाद सुवेदीले संस्था कास्की जिल्लाको नमूना योग्य सहकारीको रुपमा परिचित भइसकेको धारणा व्यक्त गर्नुभयो। रक्तदान कार्यक्रम संस्थाले असार २९ गते हरेक वर्ष आयोजना गर्ने परम्परा अनुसार यस वर्ष पनि सफलतापूर्वक सम्पन्न भएको बताइएको छ।


संस्थाका सल्लाहकार एवं समाजसेवी झपिन्द्रराज रेग्मीले रक्तदान कार्यक्रमले आपतकालीन अवस्थामा रगतको अभावमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै संस्थाले समाजप्रति देखाएको उत्तरदायित्वलाई सराहना गर्नुभयो।


कार्यक्रममा अन्य विशिष्ट अतिथिहरू — ओम एकेडेमीका प्राचार्य युवराज लामिआने (युवक), लोक कल्याणकारी साकोसका अध्यक्ष पूर्णदीप सिग्देल, वडा नं. २२ की सदस्य कृष्णकुमारी पौडेल, गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोला लगायतका बक्ताहरूले रक्तदान कार्यक्रमलाई अत्यन्त महत्वपूर्ण सामाजिक पहलका रूपमा व्याख्या गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।


कार्यक्रमका संयोजक राजेन्द्र थापाले स्वागत मन्तव्य दिँदै रक्तदानको महत्वबारे जानकारी गराउनुभएको थियो। सभाध्यक्ष एवं संस्थाका अध्यक्ष राजन अधिकारीले कार्यक्रमको सफलतामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भाव प्राप्त हुने आशा व्यक्त गर्नुभयो।


कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र, संस्थाको लोगो अंकित टिसर्ट प्रदान गरिएको थियो भने प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरूलाई मायाको चिनो स्वरूप टिसर्ट बितरण गरिएको थियो। कार्यक्रम सञ्चालन संस्थाका सचिव प्रकाश सुवेदीले गर्नुभएको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist