Saturday, November 23, 2024

आजको मिति: २०८१ मंसिर ८ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
प्रधानमन्त्रीसँग कास्कीका महत्वपूर्ण विषयमा छलफल
पोखरामा “राष्ट्रिय कर दिवस” भव्य रूपमा मनाइयो
पक्राउ परे दुर्गा प्रसाई
Next
Prev

तिहारमा जति बत्ति बाले पनि लोडसेडिङ नहुने: कुलमान घिसिङ

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको समयमा जति बत्ति बाले पनि लोडसेडिङ नहुने बताएका छन्। उनले यसपटकको तिहारमा विद्युत् खपतको लागि पर्याप्त आपूर्ति भएको र यसबाट कुनै लोडसेडिङको समस्या नआउने विश्वास दिलाएका छन्।


घिसिङले भने, “तिहारमा जति बढी विद्युत् प्रयोग गर्नुभयो भने पनि लोडसेडिङ हुने छैन। हामीले पर्याप्त विद्युत् व्यवस्थापन गरिसकेका छौं र उपभोक्तालाई सहज रुपमा विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं।”


उनका अनुसार, विद्युत् उत्पादन र आपूर्तिमा सुधार आएसँगै नेपालमा लोडसेडिङको समस्या लगभग समाप्त भएको छ। तिहार लगायतका पर्वमा विद्युतको खपत बढ्ने भए पनि आवश्यक व्यवस्था र पूर्वाधार तयार पारिएको हुँदा सर्वसाधारणले ढुक्क भएर बत्ति बाल्न सक्ने उनले बताएका छन्।


नेपाल विद्युत प्राधिकरणले पछिल्ला वर्षहरूमा विद्युतको वितरण प्रणालीलाई थप प्रभावकारी बनाउँदै आएको छ। घिसिङले प्राधिकरणको सक्रियताले गर्दा लोडसेडिङबाट जनता मुक्त भएको र यो क्रम भविष्यमा पनि कायम रहने आश्वासन दिएका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist