Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

तीजको दिन गायिका भुमिकाले बाग्लुङको दुईठाउँमा प्रस्तुति दिने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा, चर्चित गायिका भुमिका गिरीले वागलुङ्का दुई ठाउँमा आफ्नो साँगीतिक प्रस्तुती दिने भएकी छिन् । वागलुङ् बजार र काठेखोला गाउँपालिकामा उनको प्रस्तुती हुने भएको हो ।


गुठी युवा क्लव वागलुङ्को आयोजनामा भदौ २१ गते र जनसेवा युवा क्लव काठेखोला गाउँपालिकाको आयोजनामा भदौ २१ गते  नै हुने  तीज महोत्सवमा एकैदिनमा २ ठाउँमा उनको प्रस्तुती रहने आयोजकले जनाएका छन् ।


गिरी पछिल्लो समय व्यस्त कलाकारको रुपमा परिचित छिन् । गायक प्रकाश दुतराजसँग गाएको देउरालीमा भन्ने गीत युट्युवमा सर्वाधिक रुचाईएको थियो ।


साथै , गोरकपुरको सलाई,चोलि मईलैभो ,तारासँगै  जुन ,हङकङ को  चुरोट  जस्ता गितलाई सामाजिक सञ्चाल प्रयोगकर्ताहरुले यो गीतमा टिकटक, फेसबुकको रिल ईन्स्टाग्राम लगायतमा धेरै भिडियोहरु बनाईसकेका छन् ।


गिरी सांगीतिक कार्यक्रममा सिलसिलामा पटक पटक विदेश भ्रमण पनि गरिसकेकी छिन् । केही समय अघि उनी युके, युएईको भ्रमण सकेर नेपाल फर्किसकेकी छिन् । उनी आफ्ना आमाबाबुको पियारी छोरीको रुपमा समेत परिचित छिन् । समाजसेवामा रुची राख्ने गिरीले बालबालिका तथा दुखि गरिबको सेवामासमेत आफुलाई परिचित गराईसकेकी छिन् । कोमल ह्रदयकी खानीको रुपमा पनि गिरी समाजमा चिनिन्छिन् । उनी आफुलाई प्रकृतिमा रमाउने महिला भएको उँनि बताउँछिन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist