✍️ अजय क्षेत्री
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थलको भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच (रिचेक) गर्ने क्रममा नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका व्यक्तिहरूले आफ्नो लगेज भित्र १२ वटा स्पिकरमा लुकाएर सुन राखेको पाइएको छ। भन्सार विभागका अनुसार शंका लागेपछि लगेजमा पुनः जाँच गर्दा स्पिकरमा सुन राखेको अवस्थामा भेटिएको हो।
सुरक्षा अधिकारीहरूले यस विषयमा थप अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। विदेशबाट सुन तस्करीका घटनाहरू बढ्दै गएको बेला यस किसिमको पक्राउले विमानस्थल सुरक्षामा थप चनाखोपन आवश्यक रहेको संकेत गरेको छ।