✍️ अजय क्षेत्री
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ निर्माण र मर्मत कार्य हुनेभएकाले आगामी कात्तिक २३ गतेदेखि चैत्र महिनासम्म दैनिक रूपमा राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द रहने छ। विमानस्थलका प्राधिकरणले मर्मतकार्यलाई छिटो सम्पन्न गर्न र सुविधामा सुधार गर्न यो व्यवस्था गरिएको जानकारी दिएका छन्।
निर्माण र मर्मतको समयमा यात्रुहरूलाई पर्नसक्ने असुविधाबारे जनचेतना गराउँदै वैकल्पिक व्यवस्थाहरू अपनाउन एयरलाइन्स र यात्रुहरूलाई सुझाव दिइएको छ। राति १० बजेपछि उडान तालिका रहेका यात्रुहरूले आफ्नो फ्लाइट समय र व्यवस्थाबारे जानकारी लिन विमानस्थलको वेबसाइट र सम्बन्धित एयरलाइन्सको सम्पर्कमा रहन अनुरोध गरिएको छ।
यो मर्मत कार्य सम्पन्न भएपछि विमानस्थलको पूर्वाधार थप सुदृढ हुने अपेक्षा गरिएको छ।