Saturday, May 10, 2025

आजको मिति: २०८२ बैशाख २७ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

त्रिवि उपकुलपति खड्ग केसीलाई पिएन क्याम्पसका सभापति विवेक तिमिल्सिनाले देखाए कालाे झण्डा

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा – त्रिभुवन विश्वविद्यालयका उपकुलपति खड्ग केसीलाई पोखराको पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका छन्।


शुक्रबार क्याम्पसमा आयोजित प्राध्यापक तथा कर्मचारी मैत्रीपूर्ण खेलकुद कार्यक्रमको समापन समारोहमा भाग लिन आएका उपकुलपति केसीलाई नेविसंघ क्याम्पस इकाई सभापति विवेक तिमल्सिनाको नेतृत्वमा विद्यार्थीहरूले कालो झण्डा देखाएका हुन्।


नेविसंघका अनुसार काठमाडौँको आरआर क्याम्पसमा निर्वाचन नगरी स्ववियू गठन गरिएको घटनामा उपकुलपति केसीले मौन समर्थन जनाउँदै लोकतान्त्रिक पद्धतिको उपहास गरेको भन्दै विरोध गरिएको हो।
विरोध प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘लोकतन्त्र मिच्न पाइँदैन’, ‘निर्वाचन गर, गणतन्त्र जोगाउ’ जस्ता नारासमेत लगाएका थिए।


उक्त विरोधका बाबजुद कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist