Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

थपियो गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेट

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष ०८०/०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ ।


सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण बैठक मार्फत समीक्षा गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।पूर्ण बैठकले आगामी आर्थिक वर्षमा गर्ने कार्यक्रम लगायतबारे विभिन्न महत्वपूर्ण निर्णय गरेको उनले सुनाए ।


विशेषत आर्थिक वर्ष ०८०/०८१ को हामीले सम्पन्न गरेको कार्यक्रमको बारेमा समीक्षा गर्ने काम भयो । हामीले आर्थिक वर्ष ०८०/०८१ मा ५४ वटा महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेका थियौं । ५४ वटै कार्यक्रम सम्पन्न गरेका छौं’ उनले भने



आगामी आर्थिक वर्षमा प्रतिष्ठानमा चालु आर्थिक वर्षको तुलनामा ५८ लाख रुपैयाँ बजेट थप भएको छ । चालु आर्थिक वर्षमा १ करोड ७९ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।



आर्थिक वर्ष ०७९÷०८० मा भन्दा कम बजेट विनियोजन हुँदा केही कार्यक्रम प्रभावित भएको भएपनि आगामी आर्थिक वर्ष भने त्यसमा सहज हुने भएको सदस्य सचिव श्रेष्ठको भनाई छ ।



आर्थिक वर्ष ०७९/०८० मा ३ करोड २८ लाख बजेट विनियोजन भएको थियो


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist