Saturday, November 23, 2024

आजको मिति: २०८१ मंसिर ८ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
पक्राउ परे दुर्गा प्रसाई
गण्डकी प्रदेश महोत्सव : समीक्षालाई दर्शकको साथ
Next
Prev

थोरङ ला पास क्षेत्रमा सरसफाइ अभियान सञ्चालन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
समुद्र सतहबाट ५,४१६ मिटर उचाइमा रहेको थोरङ ला पास क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। मुस्ताङका विभिन्न स्थानीय निकायहरूको व्यवस्थापनमा उक्त क्षेत्रमा फोहोर सङ्कलन गर्दै सफाइ गरिएको हो। यस क्षेत्रमा आउने पर्यटक तथा ट्रेकिङ गर्न जानेहरूद्वारा फालिएको प्लास्टिकजन्य फोहोरलाई सफा गर्न स्थानीय निकाय, संरक्षण समूह, तथा स्वयंसेवकहरू मिलेर सामूहिक प्रयास गरिएको थियो।


थोरङ ला पासले वार्षिक रूपमा हजारौं ट्रेकरहरूलाई आकर्षित गर्दै आएको छ, तर उनीहरूले छोडेका फोहोरले यो क्षेत्रको प्राकृतिक सौन्दर्य र वातावरणीय सन्तुलनलाई असर पुर्याउँदै आएको थियो। यस अभियानले पर्यावरणीय सन्तुलनलाई कायम राख्न र स्वच्छ वातावरणको सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।


मुस्ताङका स्थानीय निकायहरूले पर्यटकहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न र ट्रेकिङ क्षेत्रमा फोहोर नफाल्न सचेत गराउँदै, यो प्रयासलाई नियमित बनाउने योजनासमेत बनाएको जनाएका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist