“आ नो गवाः कृतवो यन्तु विश्वतः” – हरेक दिशाबाट असल विचार हामीतर्फ आओस् भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले धवलागिरि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आफ्नो उम्मेदवार टिम घोषणा गरेको छ।
चैत्र ५ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै नेविसंघका उम्मेदवारहरूले क्याम्पसमा शैक्षिक सुधार, विद्यार्थी अधिकार, पूर्वाधार विकास तथा पारदर्शी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
नेविसंघका उम्मेदवारहरू:
सभापति: सृष्टी आचार्य,सचिव: सचिन हरिजन,कोषाध्यक्ष: विशाल थापा मगर,सदस्यहरू : दीप सागर सुवेदी,प्रशान्त सुवेदी,सृष्टी घर्ती ,सुभम राजभण्डारी,सेमन्त शर्मा ,सुवासबाबु घर्ती ,सुदिप घर्ती मगर,मनिषा घर्ती क्षेत्री
उम्मेदवारहरूले विद्यार्थीहरूका समस्याहरू समाधान गर्दै नवीनतम विचार र योजनाहरूको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले विद्यार्थीहरूलाई संघको नीति तथा उद्देश्यबारे जानकारी दिँदै स्ववियु निर्वाचनमा आफ्नो अमूल्य मत प्रदान गरी नेविसंघ प्यानललाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्।
“निरन्तरतामा नवीनता” नारासहित अघि बढेको नेविसंघ प्यानललाई मत दिएर सशक्त विद्यार्थी नेतृत्व चयन गर्न सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध गरिएको छ।















