Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

नदीको सतह बढेसँगै  ‘हाईअलर्ट’मा रहन प्रमुख दाहालको आग्रह

Share on facebook
Share on twitter
Share on linkedin

✍️ चितवन संवाददाता


चितवन, असोज १२ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले केही दिनदेखि भइरहेको वर्षाले नदीको सतह क्रम बढ्दै गइरहेकाले ‘हाईअलर्ट’मा रहन नारायणी, राप्ती र नदी क्षेत्रमा बसोबास गर्ने महानगरवासीलाई आग्रह गर्नुभएको छ ।


वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख दाहालले सम्बन्धित वडा कार्यालयहरूमार्फत बसोबास, खानपिन तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको बताउनुभएको छ ।  


शनिबार विहान भरतपुर महानगरका तटिय क्षेत्रमा पर्ने वडाहरुको निरीक्षण पश्चात प्रमुख दाहालको अध्यक्षतामा जिल्लास्थित सुरक्षा प्रमुख तथा सरोकारवालाको बैठक बसी आपतकालिन उद्धार तथा राहतका लागि उपसचिव उपेन्द्रराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय सूचना संकलन तथा उद्धार सेल गठन गरिएको छ ।


अविरल वर्षाको कारण महानगरपालिकाको  नारायणी र राप्ती नदीका तटीय वडाहरु (वडा नं. १,३,१३,१६,१७,२६,२७,२८ र २९) मा १३५ घरका १२१ जना मानिस र २४ वटा पशु चौपायको सकुशल उद्धार गरिएको जनाएको छ ।


वर्षाले मानव वस्तीमा क्षति पुग्नसक्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बसोबास गर्नुहुन र तत्काल उद्धार गर्न परेमा नजिकको प्रहरी चौकी वा जनप्रतिनिधि वा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ ।


साथै विपद्बाट प्रभावितहरूलाई घुम्ती स्वास्थ्य टोलीमार्फत निःशुल्क स्वास्थ्य सेवा, शारीरिकरूपमा असक्त रहेका, सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने महानगरले जनाएको छ । स्वास्थ्य सेवाको लागि जनस्वास्थ्य प्रमुख दीपक सुवेदी मोबाईल नम्बर ९८४४२१०८५९, एम्बुलेन्स सेवाका लागि जगतपुर स्वास्थ्य चौकी ९८४४९६७२८८, भरतपुर स्वास्थ्य चौकी ९८४५६५००० र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र ९८४५०५११२७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist