Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

नर्सहरुको मनोबल उच्च बनाउन पोखरामा क्षमता अभिवृद्धि कार्यक्रम

Share on facebook
Share on twitter
Share on linkedin

✍️राजु गिरी
पोखरा । पोखराका नर्सहरुको मनोवल उच्च बनाउन अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ ।
नेपाल युथ नर्स सोसाइटीको आयोजनामा आज (बिहीबार) पोखराका विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्ससँग अन्तरक्रिया र क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो ।


कार्यक्रममा सहभागिले नर्सहरुको समस्याका विषयमा बोलेका थिए । अस्पतालमा नर्स र बिरामीको अनुपात नमिल्दा समस्या भएको, आफ्नो जिम्मेवारी अनुसारको पारिश्रमिक नभएको, सरकारले नर्सका विषयमा चासो नदिएको जस्ता कुराहरु सहभागिले बताएका थिए । अस्पताल प्रशासन र राज्यले नर्सिङ क्षेत्रमा देखाउनु पर्ने चासो नदेखाएको सहभागिहरुको भनाई थियो । राज्यले तदारुकताका साथ नर्सिङ क्षेत्रमा समस्याको पहिचान गरि अनुगमन र उचित नीति नियम कार्यान्वयन गरिदिन उनिहरुको माग छ ।


पछिल्लो समय सामाजिक सञ्जालमा नर्सहरुको पेशा प्रति गलत टिप्पणी आइरहेको हुँदा उनीहरुको मनोवललाई गिर्न नदिन कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सरस्वती पुरीले बताइन् । नर्सहरुको समस्या बुझ्न र उनीहरुको मनोवल उच्च राख्न क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको संयोजक पुरीको भनाई छ । नर्सहरुको समस्याका बारेमा राज्यले नखोज्दा र नबोल्दा समस्या झनै बढ्दै गएको उनले बताईन् ।


कार्यक्रमले अहिले नर्सका समस्या के के छन् थाहा पाउन सहज भएको कार्यक्रमकी सहसंयोजक सरस्वती श्रेष्ठले बताइन् । समस्या मात्र खोजेर नहुने यसको उचित समाधान तर्फ सबैजना लाग्नुपर्ने श्रेष्ठको भनाई थियो ।


पोखराका विभिन्न नर्सिङ क्याम्पस र अस्पतालका ५० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन विवेक रानाभाटले गरेका थिए ।


पछिल्लो समय सामाजिक सञ्जालमा नर्सिङका विषयमा नकरात्मक टिप्पणीहरु बाहिरिएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist