Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा ‘होलिल्याण्ड’ होली विशेष कार्यक्रम हुने
Next
Prev

नर्सिङ क्याम्पस पोखरामा स्ववियु निर्वाचनका लागि नेविसंघबाट रचना पाैडेलको उमेद्वारी

Share on facebook
Share on twitter
Share on linkedin

आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस पोखरा मा विभिन्न विद्यार्थी संगठनहरूको उम्मेदवारी दर्ता भएको छ। यसैक्रममा, नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट पनि उम्मेदवारी दर्ता गरिएको छ।


नेविसंघको तर्फबाट स्ववियु सभापति पदमा रचना पौडेल को उम्मेदवारी परेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–४, सल्यान निवासी पौडेलले पोखराको कुमुदिनी होम्स स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी हुन्। उनले सोही क्याम्पसबाट पिसिएल नर्सिङ र बिएन अध्ययन पूरा गरेकी छिन् भने हाल एमएन अध्ययन गरिरहेकी छिन्। विद्यार्थीहरूसँग राम्रो सम्बन्ध रहेको र क्याम्पसका शैक्षिक तथा विद्यार्थी हितका सवालमा सशक्त भूमिका खेल्ने अठोटका साथ उनले उम्मेदवारी दिएको नेविसंघले जनाएको छ।


त्यसैगरी, प्रत्यक्ष निर्वाचनतर्फ सचिवमा स्वेता कोइराला र कोषाध्यक्षमा सुष्मा बराल ले उम्मेदवारी दर्ता गराएका छन्।


स्ववियु सदस्य पदमा माटिना थापा मगर, किरण सेन, कीर्ति सिग्देल, सरस्वती खनाल र स्मीता गौतम को उम्मेदवारी परेको छ। समानुपातिक तर्फ नम्रता चापागाई, ममता शर्मा, सञ्चिता दाहाल, अन्जु गौतम र गीता घले को उम्मेदवारी परेको छ। समानुपातिक तर्फबाट सदस्यमा उम्मेदवारी दिने नम्रता चापागाई हाल नेपाल विद्यार्थी संघ, नर्सिङ क्याम्पस पोखरा इकाई सभापति पनि हुन्।


उक्त क्याम्पसमा प्रत्यक्ष तर्फ अनेरास्ववियु र नेविसंघको तर्फबाट १६ जनाले उम्मेदवारी दिएका छन् भने समानुपातिक तर्फ दुवै संगठनका १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।


स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूबीच चुनावी प्रतिस्पर्धा चर्किंदै गएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist