Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • खेलकुद
  • खेलकुद
  Latest
Next
Prev

नवलपुरमा पहिलो पटक हक्की खेलको शुरुवात, जिल्ला हक्की संघको कार्यसमिति गठन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री (कास्की)
नवलपुर, गण्डकी— नवलपुर जिल्लामा पहिलो पटक हक्की खेलको औपचारिक शुरुवात गरिएको छ। जिल्ला हक्की संघ नवलपुरको प्रथम अधिवेशनसँगै गैँडाकोट—७ मा अवस्थित नारायणी माध्यमिक विद्यालयबाट हक्की खेलको अभ्यास प्रारम्भ गरिएको हो।


नारायणी माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न अधिवेशनले जिल्ला हक्की संघको कार्यसमिति गठन गरेको छ। तदर्थ समितिका संयोजक अमर परियारकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। समितिको उपाध्यक्षमा सन्दिप नेपाली, सदस्यहरूमा सृष्टि सारु मगर, पूर्ण अस्लामी मगर, सुरज नेपाली, संगम कार्की, विमल नेपाली, सन्देश कार्की, र पुजा चितौरे मगर चयन भएका छन्।


समितिको पहिलो बैठकले पदाधिकारीहरूको कार्यविभाजन गर्ने र जिल्लामा हक्की खेलको सदस्यता विस्तार गर्दै खेलको प्रवर्द्धन गर्ने जिम्मेवारी पाएको छ।


कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले हक्की खेलको संरक्षण र विकासका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। हक्की संघका केन्द्रीय सदस्य तथा प्रशिक्षक हितबहादुर गुरुङले नवलपुरलाई हक्की खेलको केन्द्र बनाउने लक्ष्यका साथ काम गर्न शुभकामना व्यक्त गर्नुभयो।


गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपक बहादुर थापाले नेपालमा हक्की खेल वि.सं. २०११ बाट सुरु भए पनि महँगो सामग्रीका कारण खेलको विकास सुस्त भएको बताउँदै स्थानीय सरकारलाई खेलको प्रवर्द्धनका लागि विशेष ध्यान दिन आग्रह गर्नुभयो। हालसम्म गण्डकी प्रदेशका ६ जिल्लामा हक्की संघ गठन भइसकेको समेत उहाँले जानकारी दिनुभयो।


गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले नारायणी माध्यमिक विद्यालयबाट नवलपुरमा हक्की खेलको शुरुवात ऐतिहासिक भएको बताउँदै खेल क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।


कार्यक्रममा गण्डकी प्रदेश हक्की संघको तर्फबाट जिल्ला हक्की संघ नवलपुरलाई १० थान हक्की स्टिक, १० थान बल, र १० थान जर्सी प्रदान गरियो।


त्यस्तै, नारायणी माध्यमिक विद्यालयको प्राङ्गणमा केन्द्रीय प्रशिक्षक हितकुमार गुरुङले जिल्ला संघका पदाधिकारी तथा विद्यार्थीहरूलाई हक्की खेल सम्बन्धी प्रशिक्षण दिनुभयो।


अधिवेशन कार्यक्रममा गण्डकी प्रदेश हक्की संघका सचिव अजय क्षेत्री, सदस्यहरू अशोक गुरुङ र रविकान्त आचार्य, नारायणी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरीप्रसाद चापागाईं, प्रधानाध्यापक मिलन श्रेष्ठ, नगर खेलकुद विकास समिति सदस्य गजेन्द्र वन लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रमको सञ्चालन नारायणी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले गर्नुभएको थियो भने अधिवेशन कार्यक्रम जिल्ला हक्की संघ नवलपुरका अध्यक्ष अमर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist