Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि अर्जुन पोखरेल प्यानलबाट सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् । क्र.सं.१४ का साथमा चुनावी मैदानमा होमिएका थापा कान्छा उम्मेदवार हुन् ।


चुनावका बेला अक्सर युवाको विषय नारामा मात्रै सिमित हुन्छन् । थापा भने यसपाली नारामा युवा पटकपटक नेतृत्वमा युवा यस पटक भन्दै मत मागिरहेका छन् ।


शनिबार पोउवासंघमा भएको उम्मेद्वार परिचय कार्यक्रममा बोल्दै सौगातले उद्योग वाणिज्य संघको छविलाई उचाल्न युवा नेतृत्वको आवश्यक्ता रहेको उल्लेख गरे । युवा व्यवसायीका समस्यालाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको भनाई उनको छ । यसअघि पवन प्रजापतिको नेतृत्वमा रहेको कार्यसमिति टीममा रहि अनुभव लिएका थापाले व्यवसायमा आफ्नो उर्जा र समय खर्च गर्दै जाँदा व्यवसायीहरुका कयौँ समस्या र नीतिगत रुपमा भएका अपठ्याराहरु नजिकबाट महशुस गरेको बताए ।


उनले बुवा विन्दुकुमार थापाको पथलाई पछ्याउँदै उद्योग वाणिज्य संघमा आवद्ध भई व्यवसायीको पीरमर्कालाई सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।


बुवाले सेवा गरेको संस्था आफ्ना लागि मन्दिर जस्तो पवित्र भएको उल्लेख गर्दै सेवामा समर्पित हुने उनले बताए ।
 
बुवाको राजनीतिमा सक्रियता बढ्दै गएपछि सम्पूर्ण व्यवसायको जिम्मेवारी सम्हाल्दै आएका सौगात टीममा विश्वास गर्छन् । त्यसैले त अहिले उनले पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अर्जुन पोखरेल नेतृत्वको प्यानलबाट कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन ।


 
भन्छन, “ सोचेको ठुलो काम गर्नुछ भने त्यो समुहमा मात्रै सम्भव छ । त्यसैले अहिले म होइन मेरो टिमको विश्वासमा यहाँहरुका अगाडी उभिएको छु । अध्यक्षका रुपमा प्रत्यासी रहनुभएका दाइ अर्जुन पोखरेलको टिमबाट यो निर्वाचनमा हामी उद्योगी व्यवसायीका घरदैलो र मनसम्म पुगेका छौँ । अर्जुन पोखरेलको टिम कुनै गुटगत टिम होइन बरु उर्जाले भरिएका विभिन्न उमेर समुह र अनुभवका अनेक खुडकिलो पार गरेका व्यक्तिहरुको साझा टिम हो । हाम्रो शक्ति भन्नु नै तपाइहरु हुनुहुन्छ र हाम्रो एकता छ ।“


आफू र आफ्नो टीम सङ्ग स्पष्ट खाका र  उद्योगी व्यवसायीलाई परेको व्यथाको यथार्थ ज्ञान भएको उनले बताए । संघलाई अगाडि बढाउन योजना र सपना भएकाले पोखरेल प्यानललाई नै मत दिन व्यवसायीलाई उनको आग्रह छ ।


व्यक्तिका रुपमा कस्ले चुनाव जित्छ त्यो महत्त्वपूर्ण नभई  कुन टिमले के गर्न सक्छ त्यो महत्वपूर्ण भएको भनाई उनको छ । व्यवसायीहरूको सल्लाह र सुझाव बमोजिम हकहित र पैरवीमा लाग्ने विषयमा आफू सचेत भएको समेत उनले उल्लेख गरेका छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist