Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

निरन्तरको झरीका कारण आएको बाढीपहिरोले एक दर्जन भन्दा बढी राजमार्गहरु अवरूद्ध

Share on facebook
Share on twitter
Share on linkedin

 मंगलवार, श्रावण २२ २०८१

facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

कुश्मा, २२ साउन


गए रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू अवरूद्ध भएका छन्। मंगलबार दिउँसोसम्म देशभर १५ वटा स्थानमा राजमार्ग अवरूद्ध भएको नेपाल प्रहरी केन्द्र्रीय समाचारकक्षले जनाएको छ। पाँच सडक एकतर्फी सञ्चालनमा आइसकेको छ।


प्रहरीका अनुसार कोशी प्रदेशको संखुवासभास्थित मकालु गाउँपालिका(३ उत्तर दक्षिण कोशी राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरूद्ध बनेको छ। यो सडकखण्ड असार ६ गतेदेखि नै अवरूद्ध रहेको र बर्खाभर नखुल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।


त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका(१ धनसारेस्थित चतरा(बराह क्षेत्र भित्री सडकखण्डमा गएराति पहिरो खस्दा पूर्ण रूपमा अवरूद्ध बनेको हो।


मधेस प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका(५ माइस्थानमा बाढी आउँदा पूर्व(पश्चिम लोकमार्ग अवरूद्ध भएको छ। अहिले उक्त सडक एकतर्फी सञ्चालनमा छ।


बागमती प्रदेशमा पाँच स्थानमा सडकमा क्षति पुगेको छ। दोलखाको कालिन्चोक गाउँपालिका(४ झामार्सीस्थित चरिकोट सडकखण्ड बाढीका कारण साउन १३ गतेदेखि अवरूद्ध छ। उक्त सडक खुल्न एक महिना लाग्ने प्रहरीले जनाएको छ। 


मकवानपुरको भिमफेदी गाउँपालिका(८ कालोपहिरो र सोही वडाको महादेवटारमा पहिरो खसेको थियो। साउन १३ गते र १९ गते खसेको पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड एकतर्फीमात्रै सञ्चालनमा छ। 


सिन्धुपाल्चोकको बलेफी गाउँपालका-८ जुरेमा बाढीका कारण अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा छ। मेलम्ची नगरपालिका(११ धितालबेशीमा बाढीका कारण मेलम्ची जिरो किलो सडख एकतर्फी सञ्चालनमा छ। 


त्यस्तै गण्डकी प्रदेशमा बेनी नगरपालिका-४ घुमाउने भिरमा पहिरो खसेको थियो। जसकारण बेनी(दरवाङ सडकखण्ड पूर्ण रूपमा अवरूद्ध छ। 


रघुगंगा गाउँपालिका-२ र १मा पहिरो जाँदा बेनी-जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। बागलुङ नगरपालिका-१० डब्लाङमा पहिरो जाँदा कालीगण्डकी करिडोर पनि अवरूद्ध छ। 


त्यसैगरी लुम्बिनी प्रदेशमा प्युठानको नौबहिनी गाउँपालिका(१ हाम्पालमा स्याउलीबाबाग्दुला सडकखण्ड र दाङको घोराही उपमहानगरपालिका-१६ सेवार खोलामा बाढीका कारण घोराही तुलसीपुर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। 


कर्णाली प्रदेशको रूकुम पश्चिमको आठबिसकोट नगरपालिका(११ खरखरेस्थित भेरी करिडोर पनि पूर्ण रूपमा अवरूद्ध छ। निरन्तर वर्षाका कारण राजमार्गहरु खुलाउन कठीनाई भईरहेको प्रहरीले जनाएको छ । राजमार्गहरु अवरुद्ध हुँदा प्रमुख सहरहरुबीचको सडक सम्पर्क पनि विच्छेद भएको छ । 


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist