✍️ अजय क्षेत्री
काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। फाइनल खेलमा नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि आफ्नो पक्षमा पारेको हो।
खेलको ५३ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। यस गोलको दुई मिनेटपछि नै नेपालकी प्रिति राईले बंगलादेशको पोस्टमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याइन्। तथापि, खेलको दोस्रो हाफको ३७ औँ मिनेटमा बंगलादेशकी रितुपुर्णा चक्माले अर्को गोल गर्दै बंगलादेशलाई २–१ को निर्णायक अग्रता दिलाइन् र टोलीलाई उपाधि जिताइन्।
यो जितसँगै बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि पहिलोपटक जित्न सफल भएको छ।