✍️ अजय क्षेत्री
काठमाडौं – नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले दीपावलीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष गुरुङले सबैलाई एकताको सूत्रमा बाँध्दै भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
उनले सन्देशमा भनेका छन्, “शुभ दीपावली २०८१ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्दै गाईपूजा, कुकुर पूजा, म्ह पूजा र भाइटीकाको यस पर्वले सबैमा एकता र भाइचाराको भावना थप बलियो बनाओस् भन्ने मेरो कामना छ।”
अध्यक्ष गुरुङले यो महान पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेर हरेक चुनौती सामना गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। उनले सन्देशको अन्त्यमा “जय नेपाल, जय तरुण” भनेर नेपालको शान्ति, समृद्धि, र प्रगतिको कामना समेत व्यक्त गरेका छन्।