काठमाडौं, असार २९ – नेपाली काङ्ग्रेस पार्टी अन्तर्गतको नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनको बाँकी कार्य टुंग्याउने विषयमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा व्यापक छलफल सम्पन्न भएको छ। छलफलको प्रमुख आतिथ्य नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिका संयोजक डिना उपाध्यायले गर्नु भयो।

छलफलमा नेपाली काङ्ग्रेस लमजुङका पार्टी सभापति तथा गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङ, पूर्व जिल्ला सभापति तथा गण्डकी प्रदेशका पूर्व वनमन्त्री भेषकुमार पौडेलको उपस्थिति रहेको थियो। महाधिवेशन निर्देशन समितिको संयोजनमा भएको छलफलमा आपसी सहमति सहित जिल्लाको अधिवेशनका बाँकी प्रक्रिया सम्पन्न गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद माननीय सरिता प्रसाई, केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य माननीय जितजङ्ग बस्नेत, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ लगायतको विशेष आतिथ्य रहेको थियो।

उक्त छलफलले संगठनलाई मजबुत बनाउने तथा युवा नेतृत्व विकासमा टेवा पुर्याउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।