पोखरा, श्रावण २४ — नेपाल निजामती कर्मचारी युनियन कास्की जिल्ला कार्यसमितिको प्रथम विभागीय अधिवेशन श्रावण २२ र २३ गते पोखरास्थित होटल दिप सागर, न्युरोडमा भव्य रूपमा सम्पन्न हुने भएको छ।
“नागरिक मैत्री, सक्षम र उच्च मनोबलयुक्त कर्मचारी प्रशासन” भन्ने अभियान लिएर अगाडि बढिरहेको युनियनको यस अधिवेशनमा केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भयो।
प्रतिनिधि पदका उम्मेदवार प्रभु सिग्देलले व्यापक समर्थन प्राप्त गर्दै उम्मेदवारी घोषणा गरेका छन्। उनले कर्मचारीहरूको पेशागत हकहित, संस्थागत सुदृढीकरण र सार्वजनिक सेवा प्रवाहमा गुणस्तर सुधार गर्ने अठोट व्यक्त गरेका छन्।
कास्की जिल्लाभरका निजामती कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको अधिवेशनमा विभिन्न विभागीय मुद्दा, कर्मचारीका समस्या र संगठनको भावी कार्यदिशाका सम्बन्धमा गहिरो छलफल भएको थियो।
युनियनका स्थानीय नेताहरूले सिग्देलको उम्मेदवारीलाई एक सक्षम, अनुभवी र समर्पित नेतृत्वको प्रतीकका रूपमा लिँदै, “प्रभु सिग्देललाई अत्यधिक बहुमतसहित विजयी गराऔं” भन्ने अभियानसमेत सुरु गरेका छन्।