Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा ‘होलिल्याण्ड’ होली विशेष कार्यक्रम हुने
नविन माविमा जि एण्ड के एजुकेशनद्धारा पोशाक वितरण
Next
Prev

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको अध्यक्षमा राम गुरुङ निर्वाचित

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, कास्की – नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको नवौं अधिवेशनबाट वरिष्ठ फोटो पत्रकार राम गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। पोखरामा सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।


नयाँ कार्यसमितिमा उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, तथा सदस्यहरूमा संजय शाक्य, गिरीधारी पौडेल र प्रवेश पोखरेल निर्वाचित भएका छन्। रिक्त रहेको सहसचिव र तीन सदस्य भने कार्य समितिले पछि मनोनयन गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए।


फोटो पत्रकारिता चुनौतीपूर्ण पेशा


अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले गरेका थिए। उनले फोटो पत्रकारिता अन्य पत्रकारिताभन्दा चुनौतीपूर्ण हुने बताए। “समाचार लेख्ने भन्दा फोटो पत्रकार फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने भएकाले उनीहरूले धेरै चुनौती सामना गर्नुपर्छ,” उनले भने।


उनले समाचारका लागि फोटो अपरिहार्य रहेको उल्लेख गर्दै फोटो पत्रकारहरूको एकता आवश्यक रहेको बताए। “समाचार आज लेख्यो भने भोलि पुरानो हुन सक्छ, तर फोटो कहिल्यै पुरानो हुँदैन,” उनले थपे।


नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारमा फोटोको महत्त्व जति छ, त्यो भन्दा बढी फोटो पत्रकारको महत्त्व रहेको बताए। उनले फोटो बिना समाचार अपुरो हुने भएकाले पत्रकार महासंघ र नेपाल फोटो पत्रकार संघ सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।


फोटो पत्रकार महासंघ, नेपाल कास्की एनपिजेएमा गाभियो


अधिवेशनकै अवसरमा पोखरामा क्रियाशील अर्को संस्था ‘फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखा’ नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा गाभिएको घोषणा गरिएको छ। फोटो पत्रकार महासंघ, नेपाल कास्कीका अध्यक्ष एकराज गिरीले आफू नेतृत्वको संस्था एनपिजेए कास्कीमा गाभिएको घोषणा गरेका हुन्।


“यति सानो शहरमा धेरै संस्था किन बनाउने?” उनले भने, “पोखराका फोटो पत्रकारहरू एक हुनु आवश्यक छ, त्यसैले आजैका दिनदेखि हाम्रो संस्था एनपिजेए कास्कीमा समाहित भएको घोषणा गर्दछु।”


सृजनात्मक कार्यमा जोड


संघका संस्थापक अध्यक्ष घनश्याम पौडेलले २०६२/०६३ को जनआन्दोलनको समयमा फोटो पत्रकारहरूले एकजुट भएर काम गरेको स्मरण गराउँदै संस्थाले विभिन्न समयमा फोटो प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताए।


निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले आन्दोलनकै समयमा स्थापना भएको संस्थाले अहिले ठूलो पहिचान बनाएको बताए। उनले संघले राजनीति बाहेक पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, तथा जनचेतनामूलक फोटो प्रदर्शनी गर्दै आएको जानकारी दिए।


नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य राधिका कँडेलले कास्कीका फोटो पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिइन्।


संघका पूर्वअध्यक्ष इन्द्रप्रसाद पौडेलले संस्थाले कुनै गुटबन्दीबिना निरन्तर कार्य गर्दै आएको र आगामी दिनमा अझ सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist