Friday, May 9, 2025

आजको मिति: २०८२ बैशाख २६ ,शुक्रबार

  • समाचार
  • खेलकुद
  • समाचार
  • खेलकुद
  Latest
Next
Prev

नेपाल बक्सिङ महासंघमा निरन्तर मनोमानी: महासचिवको निर्णयले प्रतिभाशाली खेलाडीहरू अवसरविहीन

Share on facebook
Share on twitter
Share on linkedin

नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले फेरि एकपटक बिना औपचारिक छनोट प्रक्रिया सात जना बक्सरहरूलाई २०२५ मे १० देखि २४ सम्म श्रीलंकाको कोलम्बोमा हुन गइरहेको ASBC U-22 & Youth Boxing Championship मा पठाउने निर्णय गरेका छन्। यस निर्णयले योग्य तथा मेहनती खेलाडीहरूलाई अन्यायपूर्ण रूपमा प्रतियोगिताबाट बञ्चित गराएको गुनासो बढ्दो छ।


नेपालको हरेक खेलकुदमा पारदर्शी छनोट प्रक्रिया हुनु सामान्य अभ्यास हो। तर बक्सिङमा भने महासचिव भण्डारीको व्यक्तिगत निर्णय नै अन्तिम हुने प्रवृत्तिका कारण बक्सिङको भविष्य अन्योलमा परेको देखिन्छ। देशभर नयाँ बक्सिङ जिमहरू ठूलो लगानीका साथ सञ्चालनमा आइरहेका छन्, जहाँ युवा खेलाडीहरू उत्पादन भइरहेका छन्। ती खेलाडीहरूले दिनरात मेहनत गर्दा पनि अवसर पाउन नसक्नु दुखद् पक्ष हो।


यो मनपरी पहिलो पटक होइन। सन् २०२३ मा काजाकिस्तानको अस्तानामा भएको ASBC Junior & Youth Boxing Championship का लागि औपचारिक छनोट भइसकेका थिए। त्यहाँ विजयी भएका खेलाडीहरू ASBC को आधिकारिक पेजमा समेत प्रकाशित भए पनि, अन्ततः महासचिवको रोजाइमा नपरेका कारण कुनै पनि विजयी खेलाडीलाई पठाइएन।


त्यसैगरी २०२४ को ASBC U-22 & Youth Championship (उज्बेकिस्तान) को छनोटमा धरानका सिइंबिर लिम्बु पराजित भएका थिए। तर २०२५ को श्रीलंका प्रतियोगितामा उही पराजित खेलाडीलाई पठाउने तयारी गरिएको छ, जुन पारदर्शिताको गम्भीर प्रश्न उठाउने खालको छ।


अझ गम्भीर कुरा, ओलम्पिक छनोटमा समेत यस्तो मनपरी देखिएको थियो। २०२४ ओलम्पिक छनोटको क्रममा बिना छनोट प्रकास ईजाम लिम्बुलाई पठाइयो, जो विदेशमा बस्दै आएका थिए। जबकि २०१९ सालको साफ खेलमा स्वर्ण जितेका भूपेन्द्र थापा मगर योग्य हुँदाहुँदै पनि छुटाइए। यसबारे त्यतिबेलाका मुख्य प्रशिक्षक ओम मास्केले पनि कुनै जानकारी नदिइ पठाइएको भन्दै राष्ट्रिय खेलकुद परिषदमा आपत्ति जनाएका थिए।


यी सबै उदाहरणहरूले देखाउँछ कि नेपाल बक्सिङ महासंघ भित्र पारदर्शिता र निष्पक्षताको गम्भीर अभाव छ। यस्तो मनोमानी र पक्षपातपूर्ण निर्णयका कारण देशमा बक्सिङको समुन्नति सम्भव छैन। योग्य खेलाडीहरूको मेहनत र पसिनाको कदर नभएको अवस्थामा बक्सिङको भविष्य झन् अन्योलमा पर्ने खतरा बढ्दो छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist