✍️ विवेक न्याैपाने
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नबुझाएका उद्योगहरूको विद्युत् लाइन कटौती गरेको छ। प्राधिकरणले उद्योगहरूले समयमै डेडिकेटेड र ट्रंकलाइनको महसुल बुझाउन नसकेपछि यस्तो कदम चालेको हो।
प्राधिकरणले महसुल बुझाउन ९० दिनको समयसीमा तोकेको थियो, जसको अवधि बिहीबार सकिएको छ। समयसीमा भित्रै उद्योगहरूले महसुल बुझाउन नसकेकाले प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन सेवाको उपयोग गरिरहेका सबै उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरेको जानकारी दिएको छ।
प्राधिकरणका अनुसार महसुल असुलीको विषयमा उद्योगहरूसँग पटक–पटक छलफल भए पनि उद्योगहरूले समयमा महसुल बुझाउन सकेनन्। यससँगै, प्राधिकरणले महसुल बुझाउने तयारी नगर्ने उद्योगहरूप्रति कडाइका साथ कारबाही गर्दै जाने चेतावनी दिएको छ।
यस कदमले उद्योग क्षेत्रमा अस्थिरता ल्याउन सक्ने जोखिम बढाएको छ, तर प्राधिकरणले उद्योगहरूको नियमित महसुल बुझाउने दायित्वको पालना गर्नुपर्नेमा जोड दिएको छ।