Monday, July 28, 2025

आजको मिति: २०८२ श्रावण १३ ,सोमबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारीहरूको आन्दोलन फेरि चर्कियो: निर्णय कार्यान्वयन नहुँदा आन्दोलनको दोश्रो चरण सुरु

Share on facebook
Share on twitter
Share on linkedin

“एकताको लागि हामी, अधिकारको लागि हाम्रो अभियान” भन्ने मूल नारासहित संघर्षरत नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले पुनः आन्दोलन चर्काउने घोषणा गरेको छ।


नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०८० साउन ३१ गतेको ९४९ औं बैठकमा दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरिसकेको भए तापनि उक्त निर्णय अहिलेसम्म कार्यान्वयन नभएको भन्दै संघर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।


संघर्ष समितिका अनुसार, निर्णय कार्यान्वयनको माग गर्दै विभिन्न चरणमा सम्झौता र वार्ता भइसकेको तर विद्युत प्राधिकरण व्यवस्थापनले कुनै पनि पहल नदेखाएको स्पष्ट गरिएको छ। २०८२ असार २३ गते कार्यकारी निर्देशकको उपस्थितिमा भएको छलफलमा एक साताभित्र निर्णय कार्यान्वयनको पहल गरिने सहमति भए पनि त्यो पनि कागजमै सीमित भएको समितिको आरोप छ।


समितिले देशभरका इकाईहरूमा चरणबद्ध रुपमा धर्ना तथा कार्यविरामको कार्यक्रम घोषणा गर्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। आन्दोलनको आगामी कार्यक्रम अनुसार:


मिति २०८२/०४/१२ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सम्पूर्ण प्रदेश तथा डिभिजन कार्यालयहरूमा कामकाज ठप्प पारिनेछ र कालोपट्टि बाँधी ज्ञापन पत्र बुझाइनेछ।


मिति २०८२/०४/१३ गते पुनः सोही समय र स्वरूपमा काम ठप्प पार्दै कालोपट्टीसहित धर्ना कार्यक्रम गरिनेछ।


संघर्ष समितिका महासचिव राजु पोखरेल र अध्यक्ष नरेन्द्र यादवले हस्ताक्षरित पत्रमा आन्दोलनबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी विद्युत प्राधिकरण व्यवस्थापनले लिनुपर्ने स्पष्ट उल्लेख गरिएको छ। साथै, वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गर्दै माग पूरा नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिइएको छ।


दैनिक ज्यालादारी कर्मचारीहरूको आन्दोलन पुनः चर्किएसँगै विद्युत प्राधिकरणको सेवा प्रवाहमा असर पर्न सक्ने देखिएको छ। परिस्थिति साम्य पार्न सम्बन्धित निकायले चाँडो पहल गर्ने कि आन्दोलन थप उग्र रूप लिने हो, त्यसतर्फ सबैको ध्यान गएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist