Tuesday, April 29, 2025

आजको मिति: २०८२ बैशाख १६ ,मंगलवार

  • खेलकुद
  • खेलकुद
  Latest
Next
Prev

नेपाल हक्की संघद्वारा पुरुष तथा महिला राष्ट्रिय हक्की प्रतियोगिता यही साता देखि सुरु

Share on facebook
Share on twitter
Share on linkedin

काठमाडौं-नेपाल हक्की संघको आयोजनामा पुरुष तथा महिलाको राष्ट्रिय हक्की प्रतियोगिता यही साता ललितपुरको च्यासल मैदानमा सुरु हुने भएको छ। संघले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्रिय पुरुष हक्की प्रतियोगिता वैशाख १७ देखि २६ गतेसम्म र राष्ट्रिय महिला हक्की प्रतियोगिता वैशाख १८ देखि २६ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।


संघकी महासचिव सुबर्ण श्रेष्ठका अनुसार, पुरुषतर्फ मधेश प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब र एपीएफ क्लब गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुष प्रतियोगितामा टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रारूपमा खेलाइनेछ।


महिलातर्फ नेपाल आर्मी, गण्डकी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश गरी चार टिमले राउन्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोबिन चरणपछि शीर्ष दुई स्थानमा रहेका टिमले उपाधिका लागि भिडन्त गर्नेछन्।


यस प्रतियोगिताबाट महिला र पुरुष दुवैतर्फ राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिने र छनोट भएका खेलाडीलाई भारतमा प्रशिक्षणका लागि पठाउने योजना रहेको महासचिव श्रेष्ठले बताइन्।


प्रतियोगितामा पुरुष तथा महिला दुवै विधामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।


पुरुष प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख र महिला प्रतियोगिता सञ्चालनका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। राष्ट्रिय खेलकुद परिषदबाट केही आर्थिक सहयोग प्राप्त हुने आशा गरिएको र बाँकी रकम संघका सदस्यहरूबाट संकलन गरिने जनाएको छ।


महासचिव श्रेष्ठका अनुसार, हालसम्म प्रतियोगिताका लागि कुनै प्रायोजक पाइएको छैन भने केही संस्थासँग छलफल भइरहेको छ। नेपाल हक्की संघले वार्षिक क्यालेन्डरअनुसार यो प्रतियोगिता आयोजना गरेको हो। संघले भविष्यमा हक्की खेललाई ‘टर्फ’ मैदानमा लैजाने लक्ष्यसहित पूर्वाधार विकास तथा प्रशिक्षण कार्यक्रमहरू पनि अघि बढाउने योजना सार्वजनिक गरेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist