✍️ अजय क्षेत्री
नेवि संघ कास्कीका कार्यवाहक सभापति चुमन गुरुङले मङ्गलबार कुमार वाग्लेलाई विद्यार्थी भेलामार्फत सभापति नियुक्त गरेका छन । नवनीयुक्त सभापति वाग्ले नयाँ कार्यसमिति छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।
पोखरा महानगर पालिका वडा नं १३निवासी सभापति वाग्ले सानैदेखि विद्रोही स्वभावका थिए । विद्यार्थी राजनीति सँगै नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय उनी सहयोगी एवं उपकारी स्वभावका व्यक्तिका रूपमा चिनिन्छन ।
विद्यार्थी आन्दोलनको औचित्यलाई प्रमाणित गर्ने चुनौतीको सामना गर्न आफु तयार रहेको बताउँदै वाग्लेले आफ्नो नेतृत्वमा नेविसघं पृथ्वीनारायण क्याम्पसले थप सफलता प्राप्त गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।