Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • खेलकुद
  • खेलकुद
  Latest
पोखरामा ‘होलिल्याण्ड’ होली विशेष कार्यक्रम हुने
नविन माविमा जि एण्ड के एजुकेशनद्धारा पोशाक वितरण
Next
Prev

नेशनल पिस क्लबको प्रथम वार्षिकोत्सव भलिबल तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा – नेशनल पिस क्लबको प्रथम वार्षिकोत्सव तथा भलिबल तथा सांस्कृतिक कार्यक्रमको भव्य उद्घाटन आज सम्पन्न भएको छ।


पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिला तर्फ आज दुई खेल सम्पन्न भए । पहिलो खेलमा मिलन युवा क्लब (ए) ले वातावरण संरक्षण क्लबलाई २५-१८ अंकको अन्तरले पराजित गर्यो। त्यस्तै, दोस्रो खेलमा आयोजक टोली नेशनल पिस क्लब (ए) ले मिलन युवा क्लब (बी) लाई २५-२२ अंकको अन्तरले पराजित गर्न सफल भयो।


कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कृष्ण थापा, कार्यपालिका सदस्य तथा वडा सदस्य शान्ति बिक, स्वास्थ चौकी का प्रमुख  अमर प्राथमिक विद्यालयकी प्रधानाध्यापक बेम कुमारी थापा, महिला सञ्जालकी अध्यक्ष निर्मला केसी, राजनीतिक दलका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।


उद्घाटन समारोहमा प्रमुख अतिथि वडाध्यक्ष कृष्ण थापाले कार्यक्रमलाई उद्घाटन गर्दै  क्लबलाई हौसला प्रदान गर्दै वडाबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरे। विद्यालयकी प्रधानाध्यापक बेम कुमारी थापा तथा अन्य विशिष्ट व्यक्तिहरूले पनि शुभकामना दिएका थिए भने कार्यक्रम सन्चालक अजय क्षेत्री ले गरेका थिए ।


खेल संयोजक अर्जुन केसीका अनुसार पुरुष भलिबल प्रतियोगिता भोलिबाट सुरु हुनेछ भने कार्यक्रम फागुन २४ गतेसम्म चल्नेछ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist