शुक्रबार राजावादीहरुको आन्दोलनका क्रममा एभेन्युज खबर टेलिभिजनका क्यामरापर्सन सुरेश रजकको हत्या र सञ्चारमाध्यमहरूमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले शनिबार बिहान पोखराको शहिदचोकमा विरोध प्रदर्शन तथा शोकसभा आयोजना गरेको छ।
महासंघ कास्की परिसरबाट ¥यालीसहित शहिदचोक पुगेका पत्रकारहरूले सुरेश रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको सुनिश्चितता हुनुपर्ने भन्दै अराजक समूहबाट भएको हत्या र आक्रमणको कडा भर्त्सना गरे।
शोकसभामा लोकतन्त्र पक्षधर पत्रकार संगठनका प्रतिनिधिहरूले मृतक रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए। कार्यक्रममा सहभागीहरूले प्रेस स्वतन्त्रताको पक्षमा प्लेकार्डसहित प्रदर्शन गरेका थिए।