Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेविसंघ पृथ्वीनारायण क्याम्पस  सभापतिमा वाग्ले
माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

पदस्थापनको पहिलो बर्ष पो.म.न.पा वडा नं:७ ले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा,पोखरा महानगरपालिका वडा नम्बर ७ ले पदस्थापन दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । पोखरा २५ हेमजामा रहेको मानव सेवा आश्रममा पचास हजार रुपैयाँ बराबरको खाद्यान्न दिएर पदस्थापनको पहिलो बर्ष मनाएको हो ।


वडा अध्यक्ष राम मोहन आचार्यले राज्यका सबै नागरिकको अभिभावक सरकार भएको र तिनै तहको सरकारले आफ्नो भुमिका निर्वाह गर्न तर्फ ध्यानाकर्षण गराउनु भयो । यो सहयोग वडाले निरन्तर गर्ने बताउँदै आचार्यले भन्नुभयो , “मानव सेवा आश्रमको स्थापनले धेरै मानिसको उद्घार भएको छ । यो पाँच बर्षको कार्यकालमा वार्षिक रुपमा हरेक बर्ष पदस्थापन दिवसका दिन हामी पचास हजार रुपैयाँ बराबरको खाद्यान्न र सामाग्री सहयोग गर्ने प्रतिबद्धता गर्दछौँ।” पछिल्लो समय पितृ कार्य, जन्म दिन जस्ता कार्यक्रम मानव सेवा आश्रममा गर्नेको संख्या बढेको भन्दै मानवीयता अमर रहेको बताउनु भयो । यस्तै आवश्यकता अनुसार आश्रमलाई जुनसुकै समयमा पनि सहयोग गर्न तयार रहने पनि बताउनुभयो ।


वडा सचिव राजेन्द्रले जुनसुकै धर्मले मानव सेवालाई ठूलो धर्म मान्ने भन्दै एकले अर्कोलाई सहयोग गरे कोहि पनि आफन्त बिहिन नहुने बताउनु भयो । सडक बालबालिका, बेवारिसे बनी हिडेका र मानसिक सन्तुलन गुमेका नागरिकको जिम्मेवारी मानव सेवा आश्रमले लिएकोमा राज्यको ठूलो जिम्मेवारी कम गराएको बताउनु भयो ।


७ वटै प्रदेशको १९ जिल्लामा २३ सेवा केन्द्र रहेको मानव सेवा आश्रम पोखरामा हेमजा र छोरेपाटन गरि दुई ठाउँमा सेवा केन्द्र सञ्चालनमा रहेका छन । आश्रमका कास्की संयोजक सदिस पुनका अनुसार हेमजा शाखामा १०५ जसमा ९१ जना मानसिक रोगी र १४ जना अन्य आशृत छन । यस्तै ७० जना आशृत रहेको छोरेपाटन सेवा केन्द्रमा ४१ जना मानसिक र २९ जना अन्य किसिमका मानिस आशृत छन ।


पोखरा महानगर पालिकाले गत बर्ष बैशाख ३१ को स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई जेठ १२ गते सपथ गराइ पदस्थापन गरेको थियो ।


पदस्थापन दिवसको अवसर पारेर वडाले कार्यलयमा राष्ट्रिय झण्डा फहराएको छ । यस अघि झण्डा स्तम्भ नभएकोले निर्माण गरि पदस्थापनका दिनमै राष्ट्रको पहिचान राष्ट्रिय झण्डा वडा कार्यालय फहराउन लागेको वडाले जनाएको छ ।


यस्तै अध्यक्ष राम मोहन आचार्यले वडामा आउने सेवाग्राहीलाई फोटोकपी र प्रीन्टको सेवा प्रदान गर्न ब्यक्तिगत रूपमा प्रीन्ट मेसिन सौजन्य गर्नु भएको छ । प्रीन्ट तथा फोटोकपी सेवा नजिक नभएको र सेवा ग्राहीको सेवामा असुबिधा नहोस भनी ब्यक्तिगत रुपमा प्रीन्ट मेशिन उपलब्ध गराएको अध्यक्ष आचार्यले बताउनु भयो । साथै प्रीन्ट तथा फोटोकपी निशुल्क गरिने पनि जानकारी दिनु भयो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist