✍️ अजय क्षेत्री
चर्चित गायिका शान्ता रानी परियारले हालैको भाइरल गीत “म त ढले ढले, पल्लारे साइँलोले” सम्बन्धी विवादबारे आफ्नो धारणा स्पष्ट गरेकी छन्।
परियारले गीतलाई मन पराएर माया गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै, गीतको शब्दमा रहेको “पल्लारे साइँलोले आ म लाई” भन्ने पंक्तिलाई सकारात्मक ढंगले बुझ्न आग्रह गरेकी छन्। उनले भनिन्, “यहाँ ‘आमा’ लाई भनिएको छ भन्ने बुझाइ रहेको छ। त्यसैले यसलाई गलत अर्थ लगाउनुभन्दा सकारात्मक रूपमा लिनुहोस्।”
गीतको लोकप्रियतासँगै केहीले यसको भावनात्मक पक्षमा प्रश्न उठाएपछि गायिका परियारले यस्तो स्पष्टीकरण दिएकी हुन्। उनका अनुसार यो गीत मनोरञ्जनका लागि मात्र हो र यसको उद्देश्य कसैप्रति नराम्रो टिप्पणी गर्ने होइन।
गीतले डिजिटल मञ्चहरूमा अत्यधिक चर्चा पाएको छ र श्रोताहरूबाट विभिन्न प्रतिक्रिया पनि प्राप्त गरेको छ। परियारको आग्रहले गीतप्रतिको विवादलाई केही हदसम्म साम्य पार्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।