Saturday, April 12, 2025

आजको मिति: २०८१ चैत्र २९ ,शनिबार

  • खेलकुद
  • खेलकुद
  Latest
पोखरामा नयाँ वर्ष संगीतसँगै
पोखरामा प्रथम एलिट भलिबल कप सुरु
२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा
Next
Prev

पाँचौं एनभिए अवार्ड २०८१: रविन चन्द र निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित

Share on facebook
Share on twitter
Share on linkedin

काठमाडौं – नेपाल पुलिस क्लबका रविन चन्द र एपिएफ क्लबकी निरुता ठगुन्नाले पाँचौं एनभिए अवार्ड २०८१ मा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। नेपाल भलिबल संघद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित अवार्ड प्रदान गरिएको हो।


त्यस्तै, उदीयमान पुरुष खेलाडीको अवार्ड नेपाल पुलिस क्लबका पहल गहतराज र महिला तर्फ न्यू डायमन्ड क्लबकी सुमित्रा रेग्मीलाई प्रदान गरिएको छ। उनीहरूले पनि जनही ५० हजार रुपैयाँ प्राप्त गरे।


पुरुष टिमका उत्कृष्ट प्रशिक्षक एपिएफका महेश चौधरी र महिला टिमतर्फ नेपाल पुलिस क्लबका रुपेश विष्ट बने। उनीहरूलाई पनि जनही ५० हजार रुपैयाँसहित सम्मानित गरिएको हो।


टिम अफ द इयर अन्तर्गत पुरुषतर्फ एपिएफ क्लब र महिलातर्फ नेपाल पुलिस क्लबले विजयी बन्दै २–२ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यस्तै, गत वर्ष काभा यू-२० च्याम्पियनसिपमा दोस्रो हुने पुरुष टोलीलाई ४ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ।


महिला राष्ट्रिय टोलीकी पूर्व कप्तान विनिता बुढाथोकीलाई पनि संघले ५० हजार रुपैयाँसहित सम्मान गरेको छ। यस्तै, पत्रकारिता क्षेत्रबाट “मेरो खेल”की लक्ष्मी शाक्यलाई ५० हजार रुपैयाँ राशिसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।


कार्यक्रममा ५० वर्षपछि जापानबाट नेपाल आएका पूर्व भलिबल प्रशिक्षक हारोउ हैसोलाई पनि विशेष सम्मान गरिएको थियो।


नेपाल भलिबल संघले २०८० सालको प्रदर्शनको आधारमा छनोट समिति गठन गरी विभिन्न विधामा खेलाडी, प्रशिक्षक तथा खेलसम्बन्धी व्यक्तित्वहरूलाई सम्मान गरेको हो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist