Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा

Share on facebook
Share on twitter
Share on linkedin

पुन हिल कप भलिबलः प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा पोखरा प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।


 मंगलबार क्वार्टरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका हुन् ।


बाइ पाएर सिधैं क्वार्टरफाइनल खेलेको पुन समाज नेपालले सोमबार नै ढुंगेपाटन पुन समाजलाई २–१ को सेटमा पराजित गर्दै सेमिफाइन स्थान सुरक्षित गरेको थियो । पोखरा भेट्रान्सले मंगलबार भएको खेलमा एक्स एबिसी भेट्रान्सलाई २–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम चारमा स्थाज सुरक्षित गरेको हो ।


प्रिक्वार्टरफाइनलमो अकलादेवी भेट्रान्सले वाकओभर दिएपछि क्वार्टरफाइनलमा पुगेको एक्स एबिसीसँग कुश्मा भेट्रान्सले वाकओभर दिएपछि पोखरा भेट्रान्सको भेट पक्का भएको हो । रामबजार भेट्रान्सले लामाचौर भेट्रान्सलाई २–० कै सोझो सेटमा हराउँदै सेमिफाइनल पुगेकोे छ ।


रामबजार भेट्रान्सले ढुंगेसाँघु पुन समाज लाई २–० को सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । लामाचौर भेट्रान्सले सोमबार नै रामबजार पुन समाजलाई २–० कोे सेटमा हराएर आन्तिम ८ मा स्थान बनाएको थियो । सिधैं बाइ पाएर क्वार्टरफाइनल खेलको सिद्धिकाली गाछेपानीले आर्थर डाँडाखर्क भेट्रान्सलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय ग¥यो ।


अब सेमिफाइनलमा पुन समाज नेपाल र पोखरा भेट्रान्स आमनेसामने हुँदा सिद्धिकालिसँग रामबजारको प्रतिस्पर्धा हुनेछ । १२ समूह सहभागि भएको ४० वर्षमाथि उमेर समूहको प्रोढ भलिबलको विजेताले विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ । उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।


मंगलबार महिलातर्फ २ खेल भएको छ । पहिलो खेलमा ढुंगेपाटन पुन समाजले ढुंगेसाँघु पुन समाजलाई २–० को सोझो सेटमा पाखा लगायो । अर्को खेलमा आयोजक पुन समाज नेपालले कालिक पब्लिक क्याम्पसलाई २–० को सोझो सेटमा हराउदै अघिल्लो चरणकोे यात्रा तय गरेको छ । १५ समूह सहभागि रहेको महिलातर्फको विजतोलाई ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।


यस्तै, पुरषतर्फको पनि १ खेल मंगलबार भयो । पुरुषतर्फ क्लबस्तरीय भलिबलमा नेपाली सेनाको रणचन्डि दल विजयपुरलाई रामबजार पुन समाजले २–० को सोझो सेटमा पराजित गर्न सफल भएको छ । यो विधामा १८ समूह सहभागी छन् ।


माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए । उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist