Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेविसंघ पृथ्वीनारायण क्याम्पस  सभापतिमा वाग्ले
माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

पोउवासंघको ३५ औं महाधिवेशन : नेतृत्वका लागि चुनावी मैदानमा अर्जुन पोखरेल प्यानल

Share on facebook
Share on twitter
Share on linkedin

✍️ सन्तोष बस्याल
पोखरा
पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन भदौ २९ गते सम्पन्न हुँदैछ । नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की चुनावी मैदानमा होमिएका छन् । पोखरेल प्यानल सहित अगाडि बढ्दै छन् । यसअघि पोखरेलकै समूहमा रहेका पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बज्राचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ अर्जुन पोखरेल प्यानलबाट निर्विरोध भएका हुन् ।


अघिल्लो पटक हार बेहोरेका पोखरेल यसपाली भने राम्रो समूहका साथ पोउवासंघको नेतृत्व गर्न चाहन्छन् । तेस्रो पुस्ता देखि पहिलो पुस्तालाई सँगै लिएर हिँडेका पोखरेलको जित्ने आधार भनेकै टीम हो । उनी आफैले पनि संगठन एक्लै नचल्ने र समूहको आवश्यकता पर्ने बताउँदै आएका छन् । अर्जुन सँगै चुनावी मैदानमा प्यानलबाट उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला, र सदस्यहरुमा जीवन प्रकाश श्रेष्ठ, टिकाराम सुवेदी(माधव), दुधमान (आशिष) गुरुङ, प्रेम प्रसाद सुवेदी, देवेन्द्र प्रजु, भीम गौतम, यादव प्रसाद पोखरेल, ललित बहादुर कुँवर, लेखनाथ सुवेदी र सौगात थापा भिड्दैछन् ।


यसपालीको उद्योग वाणिज्य संघको नेतृत्वका लागि पोखरेल समूह बलियो देखिन्छ । साना, मझौला र ठूला व्यवसायी सबैको पीरमर्कालाई बुझेर आएको समूह भएकाले पनि पोखरेल समूहको पल्लाभारी राम्रो छ । व्यवसायीको घरघरमा पुगेर उनीहरुको समस्यालाई सुनेर सम्बोधन गर्ने प्रतिबद्धता सहित निर्वाचनमा होमिएको टीमले काम गर्नेमा आशावादी छन् व्यवसायी । पोखरेल भन्छन्, “हाम्रो टीमले जित्ने आधार भनेकै व्यवसायी हुन् । घरदैलोका क्रममा सम्पूर्ण व्यवसायीहरुको समस्यालाई सुन्ने अवसर मिल्यो । धेरै समस्या छन् जसको समाधान गर्न पहलकदमी गर्नुछ । अहिले हाम्रो टीम व्यसायीको समस्यालाई सम्बोधन गर्ने गरी नै आएको हो । आशा छ सबैको साथ मिल्नेछ ।”


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist