Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसमा सांगीतिक कार्यक्रम गर्ने

Share on facebook
Share on twitter
Share on linkedin

पोखराका २१ वाङ्मयिक संस्थाले विश्व संगीत दिवसका अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।


सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको मुख्य आयोजना र अन्य २० वाङ्मयिक संस्थाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा असार ६ गते दिउँसो ३ बजे हुने कार्यक्रममा लोकदोहोरी, मौलिक गीत, शास्त्रीय संगीत, लोक नृत्य, लाइभ ब्याण्ड सहित १५ देखि १७ वटा प्रस्तुति रहने विश्व संगीत दिवस २०८० का कार्यक्रम संयोजक नवराज बरालले जानकारी गराए ।


उनका अनुसार एकल रुपमा संगीत दिवस मनाउँदा प्रभावकारिता नदेखिने भएकाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रवेश निशुल्क रहेको उनले उल्लेख गरेका छन् ।


 
गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवार, हिमाली सांस्कृतिक परिवार, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान, पोखरा साङ्गातिक कलाकार संघ, बालन एवम् कला सांस्कृतिक प्रतिष्ठान, राष्ट्रिय लोक तथा भजन चुड्का संरक्षण प्रतिष्ठान, भक्ति संगीत प्रतिष्ठान, विश्व हिन्दु महासंघ सांस्कृतिक समूह, लोक नृत्य कलाकार संघ, संगीत प्रशिक्षण केन्द्र, जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुल, त्रिवेणी संगीतालय, जे.ई. म्यूजिक एकेडेमी, कर्णप्रिय संगीतालय, हार्मोनी समूह, तरेली सांस्कृतिक परिवार, गीतकार प्रतिष्ठान नेपाल, झलकमान गन्धर्व सारङ्गी पाठशाला, धनबहादुर स्मृति प्रतिष्ठान, पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठान लगायतका संस्थाहरु सह—आयोजकमा रहेका छन् ।


 
२०६० साल देखि पोखरामा रहेका वाङ्मयिक संस्थाहरुले विश्व संगीत दिवसको अवसरमा सांगीतिक कार्यक्रम गर्दै आएका छन् । विश्व संगीत दिवसको थालनी इ.सं. १९८४ सालदेखि फ्रान्सबाट भएको हो । कार्यक्रमबाट पोखराको सुस्ताएको संगीत क्षेत्रलाई माथि उठाउन सहयोग मिल्ने आशा गरिएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist