✍️ रवीन्द्र माकाजु
पोखराको महेन्द्रपूल वडा न ९ मा पर्द्छ । यो ठाउ को बिकास बि स २०२० सालमा आधुनिक महेन्द्रपुलको निर्माण भएपछि भएको थियो ।
यश अघि महेन्द्रपुल पारी जान का लागि साघुमुखमा भएको काठको पुल तरेर जानू पर्द्थ्यो । यो पुल निर्माण भए पछि वारि पारी जान आउन सहज भयो । बि स २०२७ सालमा सिद्धार्थ राजमार्ग र बि स २०२९/३० तिर पृथ्वीराजमार्ग पुरा भएपछि यहाँ बाट् बससेवा संचालन हुँदा यो ठाउँले मूख्य बजार को रुप लियो ।
यहाँ हुलाक कार्यालय हुँदा पोखरा आउने हरेक पर्यटक आउने गर्द्थ्यो । अहिले यहाँ झन्दापार्क र सार्वजनिक पार्क र सुबिधाजन्य शौचालय पनि पर्यटक का लागि आकर्षनको केन्द्र बन्न गयेको छ ।
महेन्द्रपुल बाट देखिने सेती नदीको खोच ले सबैको मन हर्छ ।यस वडा साधन श्रोतका दृस्टीले सुबिधा सम्पन्न देखिन्छ । पालिखेचोक देखि महेन्द्रपुल नयाँबजार , न्यूरोड ,नागढुङ्गा श्यालडुले सम्म फैलिएको यो वडा विविधताले भरिएको छ । पुरानो बसपार्क र पुरानो एअरपोर्ट यही वडामा पर्छ भने शान्ति बनबाटिका अर्को आकर्षक केन्द्र मानिन्छ ।
यस वडामा तमु धि , क्षेत्री समाजका लोभलाग्दो भवन छन । यहाँ थुप्रै बैङ्क तथा बित्तीय सस्था कार्य रत छन । यहाँ रामघाट,शान्तिघाट जस्ता सुबिधा सम्पन्न घाट संचालित छन् ।
ब्यवस्थित तरकारी पसल यश वडाको पहिचान बन्न पुगेको छ । पोखरा को पुरानो सामुदायिक क्याम्पस यही छ भने ए मा ले पार्टी कार्यालय लगायत थुप्रै अस्पताल , सामाजिक धार्मिक संघ , सस्थाका आफनै भवन छ ।