Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेविसंघ पृथ्वीनारायण क्याम्पस  सभापतिमा वाग्ले
माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

पोखराको हल्लनचोकमा गामबेंशी पोखरा रोधीं क्लब भदौ १देखि सन्चालनमा

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
गामबेंशी पोखरा रोधीं क्लब प्रालि (दोहोरी साँझ) को औपचारिक शुभारम्भ १ भदौदेखि हुने भएको छ । शुभारम्भ अवसरमा भदौ १ देखि ८ गतेसम्म ख्यातिप्राप्त कलाकारबाट सांगीतिक प्रस्तुति हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा कम्पनी संचालक नरबहादुर थापाले बताए।


लेकसाइडमा डिस्को, डान्सबार र क्लबमा झुम्ने पर्यटकलाई लोकसंगीतमा आकर्षित गर्नका लागि दोहोरी साँझ सञ्चालनमा ल्याएको थापाले जानकारी दिए।


गत २८ वैशाखदेखि नै सञ्चालनमा आएको दोहोरी साँझमा उद्घाटन अवसरमा भूमिका गिरी, जीवन दाहाल, श्याम राना, चिज गुरुङ, निश्चल दवाडी, बबिता बानियाँ जेरी, अस्मिता डल्लाकोटी, माया गुरुङ, आशा बिसी, बालचन्द्र बराल, ईश्वर सिंह, सुमन थापा, इन्द्रा गुरुङ, सीता परियार, गगनसिंह गुरुङ र ज्योति लोहनीको प्रस्तुति रहनेछ।


करिब साढे ६ करोड लगानीमा खोलिएको दोहोरी राति ८ बजेदेखि बिहान ४ बजेसम्म खुला रहने सन्चालक ले जनाएको छ । लोकदोहोरीको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिलाउँदै पर्यटकीय गतिविधि बढाउने उद्देश्य रहेको जनाइएको छ । दोहोरी साँझमा नियमित कलाकारमा सुमन खड्का, दिप्लव खाती, अनिल चापागाईं, काजी गुरुङ, रवि सौगात, प्रकाश पौडेल, प्रवीण कान्छा, प्रेम थापा, विशाल रानाभाट, सुरज परियार, दिप्सन बिसी, मीना क्षत्री, सन्ध्या बिसी, अर्चना चापागाईं, रोशनी मगर, विनिता क्षेत्री, सरिता घर्ती, अञ्जली दर्नाल हुने छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist