Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

पोखरामा चलचित्र दयारानीको प्रिमियर-शो

Share on facebook
Share on twitter
Share on linkedin

पोखरामा चलचित्र दयारानीको प्रिमियर-शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर-शो सम्पन्न भएको हो ।


चलचित्र दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज शिवाकोटी, गायक विनोद, दयारानीका निर्देशक एवम् लेखक माओत्से गुरुङ, नायिका दिया पुन लगायत पुगेका थिए ।


प्रिमियर-शोको उद्घाटन गर्दै मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्को साहित्य, कला र चलचित्र क्षेत्रका गतिविधिहरु भइरहेको देख्दा खुसी लागेको बताए ।


पूर्व अर्थमन्त्री किरण गुरुङले भने, ‘माओत्से गुरुङ कलाकारिता सँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिनुभएको छ । निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई सिनेमा मार्फत उजागर गर्न खोजिएको रहेछ । सिनेमाको कथा उत्कृष्ट छ । सिनेमामा पात्रले निभाएको भूमिका तारिफ योग्य छ ।’


मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायाँकन गरिएको दयारानीमार्फत उक्त ठाउँको पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।


उनले मादी गाउँपालिकाका धेरै ठाउँ सिनेमा छायाँकनका लागि उत्कृष्ट रहेको भन्दै दयारानीमार्फत याङ्जाकोटको प्रचारप्रसारमा महत्वपूर्ण टेवा पुग्ने बताए ।


कवि रमेश श्रेष्ठले दयारानीको कथा पछिल्लो समय छरछिमेक र समाजमा देखिएको कथा भएको उल्लेख गरे । दयारानीको छायाँकनदेखि संगीतसंयोजनमा सम्मको विषय उत्कृष्ट लागेको उनको भनाइ छ ।


दयारानीको निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गुर्नभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । उनले भने, ‘कलाकार भएर थुप्रै सिनेमामा अभिनय गरिएको छ । अभिनयमा त्यति अफ्ठ्यारो लाग्दैन जति निर्देशनमा लाग्छ । निर्देशन गर्दा जिम्मेवारी हुन्छ ।’


उनले निःसन्तान हुँदा आफ्नै साथीसर्कलको परिवारमा देखिएको समस्यालाई दयारानीमा समावेश गर्ने प्रयास गरेको बताए ।


समाजको पुरुषवादी चिन्तनलाई कथामा प्रस्तुत गर्न खोजिएको उनले बताए । दयारानीको कथाका लागि दयाहाङ राई र दिया पुन नै उत्कृष्ट भएकाले उनीहरुलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको उनले बताए ।



नायिका दिया पुन पनि दयारानीबाट आशावादी देखिन्छन् । दयारानीले आफ्नो कलाकर्ममा थप ईटा थप्ने विश्वास उनको छ ।


दयारानीको रानीको भूमिकामा रहेकी दियाले माओत्से गुरुङको निर्देशनमा काम गर्न पाउँदा खुसी लागेको बताइन् । सामाजिक परिवेशलाई सिनेमामार्फत उठाउन खोजिएको विषयमा अभिनय गर्न पाउँदा नौलो लागेको उनले बताइन् ।


गायक विनोद बानियाँले पहिलो पटक सिनेमामार्फत संगीतकार र गायकको भूमिकामा रहन पाउँदा खुसी लागेको बताए । पोखराको संगीतले पनि मेनस्ट्रिमको नेपाली सिनेमामा स्थान पाउँछ भन्ने गतिलो उदाहरण दयारानी भएको उनले बताए ।


दयारानीमा दयाहाङ राई, दिया पुन, विजय बराल, प्रमिशा गुरुङ, श्रीषा कुँवर, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, कृष्टि गुरुङ लगायतले अभिनय गरेका छन् ।


सिनेमामा मोहन गुरुङ (टिला), न्यू आइटी भेन्चर(जापान), किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुशीमान गुरुङ, क्याप्टेन सुरेन्द्र गुरुङ, क्याप्टेन सूर्यप्रकाश गुरुङको लगानी छ । चलचित्र माघ २६ गतेबाट अल नेपाल रिलिज हुनेछ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist