पोखरा — नेपाली नयाँ वर्ष २०८२ को स्वागतलाई विशेष बनाउँदै ‘बिक्रम संवत म्युजिक फेस्टिवल Vol. II’ को सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रम यही चैत ३१ गते (अप्रिल १३, २०२५) साँझ ४ बजेबाट पोखराको बाराहीघाट मैदान, लेकसाइडमा सुरु हुने छ।
कार्यक्रम संयोजकका अनुसार स्टेज निर्माण, साउन्ड चेक, सुरक्षा तथा व्यवस्थापनसहित सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। फेस्टिवलमा John & The Locals, Swar, Tribal Rain र Pahenlo Batti Muni जस्ता लोकप्रिय ब्यान्डहरूको प्रस्तुति रहनेछ।
आयोजकका अनुसार गत वर्षको सफलताबाट हौसिँदै यसपटकको संस्करणलाई अझ भव्य बनाइएको छ। नयाँ वर्षलाई संगीत र उत्साहसहित स्वागत गर्न चाहनेहरूका लागि यो कार्यक्रम अविस्मरणीय अनुभव बन्ने विश्वास गरिएको छ।