Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

पोखरामा नाटकको अन्तराष्ट्रिय समिनार हुँदै

Share on facebook
Share on twitter
Share on linkedin

✍️श्रीभद्र पौडेल
पोखरा, २४ वैशाख । नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ ।
नाट्यप्रतिष्ठानले आइतवार पत्रकार सम्मेलन गर्दै सेमिनारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।



यहि वैशाख २८ गतेदेखि ३ दिनसम्म पोखरामा चल्ने उक्त सेमिनारमा नेपालका विभिन्न स्थान लगायत भारतबाट समेत विषयविज्ञ सहभागि हुने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलले बताए ।



सो सेमिनारमा नेपालबाट प्रतिष्ठानका अध्यक्ष प्रा.डा पोखरेल लगायत प्रा.डा सावित्री मल्ल कक्षपती, डा. अशोक थापा, डा. कान्छी महर्जन, डा. नारायणदत्त पन्थ, पुरु लम्साल, तारा पोखरेल र गीता सापकोटाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।



त्यस्तै भारतबाट डा. सुकराज दियाली (सिलगढी), डा.वीरबहादुर विश्वकर्मा(सिलगढी), पूर्णकुमार शर्मा(असाम), तेजमान् बराइली(सिक्किम), नवीन पौड्याल(कालेबुङ, दार्जिलिङ), योगेश खाँती (दार्जिलिङ), युवराज काफ्ले(सिलगढी), सरदकुमार क्षेत्री (कालेबुङ), धर्मराज थापा (दिल्ली) र संजीव गुरुङ (कलकत्ता)ले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रतिष्ठानले जनाएको छ ।
सेमिनार मार्फत नेपाली नाटक तथा भारतीय नेपाली नाटक र रङगमञ्चको खोज अनुसन्धान, बहस तथा छलफल गरी निस्केको निष्कर्षलाई एकीकृत रुपमा प्रकाशन गर्ने उद्देश्य राखिएको छ ।सम्भव भएसम्म नेपाली नाटकलाई अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्ने लक्ष्य पनि छ ।



सेमिनारको मुख्य सहयोगीका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा गण्डकी प्रज्ञा प्रतिष्ठान तथा प्रायोजकमा पोखरा मा.वि वगर, जुनियर सिटिजन एकेडेमी, ग्लोवल कलेजिएट रानीपौवा, प्रगति मा.वि बाटुलेचौर, गुप्तेश्वर गुफा व्यवस्थापन समिति छोरेपाटन लगायतका संस्था छन् ।



नेपाली कला, कौशल, सङगीत, नाटक, रङगमञ्च तथा समग्र संस्कृति एवम् नेपाली साहित्यको श्रीबृद्धि गर्ने उद्देश्यले २०७८ सालमा स्थापित प्रतिष्ठानले सेमिनार गर्न लागेको हो।
नाट्य प्रतिष्ठानका अध्यक्ष प्रा.डा पोखरेललेको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव राजेशकुमार घिमिरेले संचालन गरे ।सेमिनारलाई निकै अर्थपूर्ण एवम् साहित्यकारको जमघटका रुपमा समेत हेरिएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist