Thursday, May 15, 2025

आजको मिति: २०८२ जेष्ठ २ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

पोखरामा पाँचौं टाइगर कप भलिबल प्रतियोगिता: आइतबार ४ खेल हुने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको दोस्रो दिन आइतबार महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुने भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहान ९ बजेबाट खेल सुरु हुनेछ।


महिलातर्फ पहिलो खेल आयोजक टिम र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। यो खेल शनिबार खराब प्रकाशका कारण स्थगित भएपछि आइतबार खेलाइने तय भएको हो।


पुरुषतर्फको खेलमा पहिलो प्रतिस्पर्धा डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रबीच हुनेछ। दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ भने तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबीच हुनेछ।


प्रतियोगिताको लिग चरणपछि जित्ने र हार्ने टोलीका लागि छुट्टाछुट्टै लिग सञ्चालन गरिनेछ। जित्ने समूहका शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् भने तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ। हार्ने समूहको शीर्ष टोलीले एलिमिनेटर खेल्ने मौका पाउनेछ।


शनिबार खराब प्रकाशका कारण महिलातर्फ त्रिभुवन आर्मी क्लब र आयोजक टिमबीचको खेल तेस्रो सेटपछि स्थगित गरिएको थियो। पहिलो सेटमा २५–२३ को हार व्यहोरेको आयोजकले दोस्रो सेट २२–२५ ले गुमायो। तेस्रो सेटमा आयोजकले उत्कृष्ट प्रदर्शन गर्दै २५–२१ ले जित हासिल गरे पनि भिजिबिलिटी समस्याले खेल स्थगित गरिएको थियो।


यसअघि भएको खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो भने एपिएफले थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लबलाई ३–२ सेटले हराएको थियो।


दर्शकले इसेवामार्फत अनलाइन टिकट काटेर खेल हेर्न सक्ने व्यवस्था रहेको आयोजकले जनाएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist