Tuesday, July 15, 2025

आजको मिति: २०८२ असार ३१ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

पोखरामा पूर्खेउली पुन समाजद्वारा उद्घोषण तालिम सम्पन्न, सहभागीमा आत्मविश्वासको अभिवृद्धि

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा — पोखरा–७ बैदाममा अवस्थित पूर्खेउली पुन समाजको आयोजनामा सात दिने उद्घोषण तालिम सफलता साथ सम्पन्न भएको छ। असार २३ गतेदेखि २९ गतेसम्म समाज हलमा सञ्चालन भएको तालिममा २० जना प्रशिक्षार्थीको सक्रिय सहभागिता रहेको थियो।


समाजका संस्थापक अध्यक्ष दुध बहादुर राम्जालीका अनुसार, तालिमको उद्देश्य समाजभित्र लुकेर बसेका क्षमता उजागर गर्नु, व्यक्तित्व विकास गर्नु तथा उद्घोषण क्षमतालाई अभिवृद्धि गर्नु रहेको छ। “हामीले सोचेभन्दा पनि सकारात्मक प्रतिक्रिया पाएका छौं,” राम्जालीले बताए, “अब हामीले यस्ता तालिमलाई निरन्तरता दिन प्रयास गर्नेछौं।”


तालिमको सहजीकरण फ्रिडम ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक विनोद पहारीले गर्नुभयो। उनले उद्घोषणसँगै सञ्चार कौशल, आत्मविश्वास अभिवृद्धि, दर्शकमाझ प्रस्तुतिको कला, समय व्यवस्थापन जस्ता जीवन उपयोगी सीपहरूमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।


समापन समारोहमा प्रशिक्षक पहारीले सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्न प्रेरणा दिँदै भने, “तपाईंहरूको व्यक्तित्व तपाईंका व्यवहार र प्रस्तुतिले बोल्नेछ, त्यसैले सिकेका कुरा जीवनमा प्रयोग गर्नुहोस्।”


प्रशिक्षार्थीहरूले तालिमबाट आफूमा उल्लेखनीय परिवर्तन आएको अनुभव साझा गरेका छन्। सहभागी लक्ष्मी बुदुजाले भनिन्, “पहिले म मञ्चमा बोल्न हिच्किचाउँथेँ, तर अब म आत्मविश्वासका साथ बोल्न सक्छु।” अर्का सहभागी ईश्वर तिलिका पुनले भने, “यो तालिमले मलाई जीवनका हरेक क्षेत्रमा आत्मविश्वाससाथ अघि बढ्न प्रेरित गरेको छ।”


उक्त तालिमले समाजका सदस्यहरूमा नेतृत्व विकास, सार्वजनिक बोल्ने कला, आत्मविश्वास र व्यक्तिगत प्रस्तुतिमा सकारात्मक परिवर्तन ल्याएको सहभागीहरूको प्रतिक्रिया छ। आयोजक पूर्खेउली पुन समाजले आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist