Monday, April 28, 2025

आजको मिति: २०८२ बैशाख १५ ,सोमबार

  • खेलकुद
  • खेलकुद
  Latest
Next
Prev

पोखरामा प्रथम लायन्स कप अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको तयारी तीव्र

Share on facebook
Share on twitter
Share on linkedin


पोखरा — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा हुने ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनशीप–२०८२’ को तयारी तीव्र पारिएको छ। डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालका अनुसार च्याम्पियनशीपको तयारी ९० प्रतिशत पूरा भइसकेको छ।


यो प्रतियोगिता वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा हुनेछ। पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा कुल छ वटा टोलीहरूको सहभागिता रहनेछ।


विदेशबाट इरान र भारतका टोलीहरू सहभागी हुनेछन् भने गण्डकी प्रदेश टोली र नेपालका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब पनि प्रतिस्पर्धामा उत्रनेछन्। इरानी टोलीका केही सदस्यहरू पोखरा आइपुगेका छन्।


प्रतियोगिताको विजेता टोलीले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।


त्यसैगरी, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही ८ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।


आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट ८० लाख रुपैयाँ रहेको छ, जुन प्रायोजक तथा टिकट विक्रीबाट संकलन गरिनेछ।


लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।


प्रतियोगिताको सफलताका लागि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला भलिबल संघ तथा टाइगर ग्रुप अफ पोखरा नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन्। क्लबले पोखरा र काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको विस्तृत जानकारी गराइसकेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist