Saturday, November 23, 2024

आजको मिति: २०८१ मंसिर ८ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
पक्राउ परे दुर्गा प्रसाई
Next
Prev

पोखरामा मादक पदार्थको कुलतविरुद्ध “परिवेश” नाटक मंचन हुँदै

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री


पोखरामा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मादक पदार्थ सेवनको कुलतलाई मुख्य विषय बनाएर “परिवेश” नामक नाटक मञ्चन गरिँदै छ। पश्चिमाञ्चलको एकमात्र मानसिक अस्पताल बी. जी. अस्पतालको प्रोडक्सनमा गण्डकी मेडिकल कलेज मनोरोग विभागद्वारा प्रस्तुत सो नाटक मंसिर ८ गते शनिबार पोखरा थिएटर, गैह्रापाटनमा अपराह्न ४ बजेबाट प्रदर्शन गरिने छ।


प्रोडक्सनको तर्फबाट नाटकको विषयवस्तुबारे जानकारी दिँदै वरिष्ठ मनोचिकित्सक प्राध्यापक डा. निर्मल लामिछानेले मादक पदार्थ सेवनले व्यक्ति, परिवार र समाजमा पर्ने शारीरिक तथा मानसिक असरलाई नाटकले प्रस्ट्याएको बताउनुभयो। साथै, नाटकले मादक पदार्थको कुलतबाट छुटकारा पाउन र लतमा फसेका व्यक्तिहरूलाई परिवार तथा समाजको तर्फबाट पुनःस्थापनाको पक्षलाई पनि झल्काएको उहाँले उल्लेख गर्नुभयो।


डा. लामिछानेका अनुसार, नाटकले मादक पदार्थ सेवन र मानसिक स्वास्थ्यको विषयमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ। उहाँले सबैलाई नाटक हेर्न आमन्त्रण गर्दै यसबाट समाजमा चेतना फैलाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist