Saturday, April 12, 2025

आजको मिति: २०८१ चैत्र २९ ,शनिबार

  • खेलकुद
  • खेलकुद
  Latest
पोखरामा नयाँ वर्ष संगीतसँगै
पोखरामा प्रथम एलिट भलिबल कप सुरु
२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा
Next
Prev

पोखरामा मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता चैत ३० गते हुने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा — पोखरामा चैत महिनाको अन्त्यमा “मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता” आयोजना हुने भएको छ। चैत ३० गते शनिबारको दिन हुने यो प्रतियोगिता माईन्ड फ्रेस चेस क्लब पोखरा कास्कीको आयोजनामा नेपाल पत्रकार महासंघको भवनमा हुने आयोजकले जनाएका छन्।


माईन्ड फ्रेस चेस क्लबका अध्यक्ष युवराज भण्डारीले प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडीहरुलाई समयमै सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गरेका छन्।


प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्ने छन्। त्यसैगरी, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः ३ हजार र २ हजार रुपैयाँसहित मेडल प्राप्त गर्ने छन्। प्रतियोगितामा सातौं स्थानसम्म पुग्ने खेलाडीहरुले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।


किङ्गस इन्स्टिच्युट, महेन्द्रपुल पोखराले प्रतियोगिताको मुख्य प्रायोजन गरेको हो भने अन्नपूर्ण गाउँपालिका कास्की, रुपा गाउँपालिका, फेदीखोला गाउँपालिका र नेपाल पत्रकार महासंघ कास्कीले प्रतियोगितामा सहयोग प्रदान गरेका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

पोखरामा नयाँ वर्ष संगीतसँगै

पोखरामा प्रथम एलिट भलिबल कप सुरु

२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist