Tuesday, July 15, 2025

आजको मिति: २०८२ असार ३१ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

पोखरामा विपी स्मृति एमेचर फुटसल प्रतियोगिता साउन ६ र ७ गते हुने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, साउन १२ — पोखरामा विपी स्मृति एमेचर फुटसल प्रतियोगिता हुने भएको छ। नयाँगाउँ युवा क्लबको आयोजनामा प्रतियोगिता साउन ६ र ७ गते पोखरा रंगशालास्थित मल्टिप्रपोज हलमा सञ्चालन हुने क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिएका छन्।


स्वर्गीय अनिल गुरुङ, साजत कार्की र उत्तम गुरुङको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो। उनीहरूका साथीद्वय अमित गुरुङ र अन्तिम गुरुङले मुख्य प्रायोजन गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।


क्लब अध्यक्ष गुरुङका अनुसार सुरुमा फुटबल प्रतियोगिता गर्ने योजना भए पनि तयारीका लागि आवश्यक समय र स्रोतको व्यवस्थापनलाई ध्यानमा राख्दै फुटसलबाट सुरु गरिएको हो। प्रतियोगिताको विजेता टोलीलाई नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले रु ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।


त्यस्तै, उत्कृष्ट खेलाडीले नगद रु ५ हजार पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही रु २ हजार प्रदान गरिने आयोजकले जनाएको छ।


प्रतियोगिता स्थानीय तथा राष्ट्रिय खेलाडीबीच सम्पर्क र सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित आयोजित गरिएको हो। दुई दिनसम्म चल्ने प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने अनुमान गरिएको छ।


प्रतियोगिताबाट संकलित बचत रकम तनहुँको भानु नगरपालिका–७ स्थित चण्डिका बालगृहलाई सहयोग गरिने पनि क्लबले जनाएको छ। हाल सो बालगृहमा विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आश्रित छन्।


यो प्रतियोगिता मार्फत खेलकुद प्रवर्द्धनका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्न खोजिएको आयोजकको भनाइ छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist