पोखरामा जेन-जी पुस्ताले गरेको सडक आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई मेट्रोसिटी हस्पिटल प्रालिले निःशुल्क उपचार गरेको छ।

अस्पतालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, असोज १२ र १३ गतेको आन्दोलनमा घाइते भएका १४ जनाको निःशुल्क उपचार गरिएको हो। उपचार गराइएका मध्ये ९ जना पुरुष र ५ जना महिला रहेका छन्। सामान्य उपचारपछि उनीहरूलाई घर पठाइएको भए पनि दुई जना भने थप उपचारका लागि रेफर गरिएको छ।
रेशम शर्मा (२२ वर्ष) र सुमन श्रेष्ठ (२० वर्ष) लाई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ। यस्तै, सरोज क्षेत्री (२८ वर्ष) र निश्चल भट्टराई (२४ वर्ष) भने अझै डिस्चार्ज भएका छैनन्। सरोज क्षेत्री असोज १५ देखि र निश्चल भट्टराई असोज १४ देखि अर्को व्यवस्था नभएसम्म अस्पतालमै भर्ना हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

मेट्रोसिटी हस्पिटलले आन्दोलनका घाइतेहरूको उपचारमा कुनै शुल्क नलिएको स्पष्ट गर्दै मानवीय संवेदनशीलतालाई ध्यानमा राखी निःशुल्क उपचार गरिएको जानकारी दिएको छ। साथै, यस विषयमा कुनै अफवाह वा भ्रममा नपर्न सबैलाई अनुरोध गरिएको छ।